दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
मंगलबार भएको भारी वर्षाले सप्तरी जिल्लाको विभिन्न स्थानमा डुवान र कटानको समस्या उत्पन्न भएको छ ।
विहानैदेखि भएको भारी वर्षाले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ३ सकरपुरास्थित राम टोल र राजपुत टोलका २५ घर डुवानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार विहानैदेखि भइरहेको अविरल वर्षाले सकरपुराको राम टोल र राजपुत टोलका २५ घर डुवानमा परेका छन् ।
वस्तीमा २ फिट सम्म पानी जमेको छ । निरन्तरको वर्षाले केही तटवन्ध कटानको जोखिमा परेको उनको भनाई छ । पानी पसेका घरका सर्वसाधारण केही उच्चस्थानमा त कोही घर भित्रै खाटमा वसीरहेको राम वस्तीका रामसुन्दर मालीले सुनाए । उनका अनुसार वर्षाको पानी निकास हुन नसक्दा फुसका संरचना भएका ४ वटा घरमा क्षती पुगेको छ ।
यसैबीच तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष रमेश मुखिया, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, सामाजिक विकास शाखाका किशोर कुमार झा सहितको टोलीले स्थलगत अवलोकन गरेका छन् । यस अघि मधेश प्रदेश सभाका सदस्य सतिशकुमार सिंहले समेत स्थलगत निरीक्षण गरेका थिए ।
यता अत्याधिक वर्षाका कारण वेल्हीस्थित राजविराज भन्सार कार्यालय, हटिया बजार, गजेन्द्रनारायण सिह अस्तपाल परिसर लगायतका विभिन्न स्थानमा पानी जमेको छ ।
यसअघि जिल्लामा पानी नपर्दा किसान मारमा परेकाले सुख्खाक्षेत्र घोषणा गर्नु पर्ने माग गर्दै केही दिन यता दिनहुजसो विभिन्न राजनीतिक दलबाट प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित माथिल्लो निकायमा ज्ञापन पत्र बुझाउने काम भईरहेको छ ।
मंगलवार पनि नेकपा एमाले सप्तरीले सुख्खाग्रस्त क्षेत्र घोषणाको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रदेश र संघिय सरकारलाई ज्ञापन पत्र पठाएका छन् । तर सोही समय भएको भारी वर्षाले तिलाठीका २५ घर डुवानमा परेको खबर आएपछि सुख्खाग्रस्त क्षेत्र घोषणको माग गर्दै ज्ञापन पत्र बुझाउन पुगेका एमालेका नेताहरु अलमलमा परेका थिए ।
भारी वर्षाले राम टोल र राजपुत टोलका २५ घर डुवानमा
सारांश
- विहानैदेखि भएको भारी वर्षाले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ३ सकरपुरास्थित राम टोल र राजपुत टोलका २५ घर डुवानमा परेको छ ।
- तिलाठी कोइलाडी गाउँपालिका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाका अनुसार विहानैदेखि भइरहेको अविरल वर्षाले सकरपुराको राम टोल र राजपुत टोलका २५ घर डुवानमा परेका छन् ।
- वस्तीमा २ फिट सम्म पानी जमेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया