जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान

राजविराज राजविराज
|
शनिबार, भाद्र २, २०८०
|
|
२४ पटक हेरिएको
Shares
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान

सारांश

  •     निर्वाचन अधिकृत मेहताका अनुसार प्रदेशसभा २ को १ बाट निर्वाचित प्रदेश सांसद सतिशकुमार सिंहले ८० प्रतिशत मत प्राप्त गरेका छन् भने प्रदेशसभा २ को २ बाट निर्वाचित मधेश प्रदेशका शिक्षा तथा सामाज कल्याण मन्त्रीसमेत रहेका महेश प्रसाद यादवले ९२ प्रतिशत मत प्राप्त गरेका छन् ।
  • अन्य क्षेत्रको मतगणना भने जारि रहेको उनले जनाए ।
  •     जिल्लाको प्रदेशसभा क्षेत्र नं.

    राजविराज÷जनमत पार्टीले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि शनिबार निर्वाचन गराएको छ । एक साताअघि मात्र स्थानीय तहमा बिजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको कार्यशैली मुल्याङ्कन (एफ्रुभल रेटिङ) का लागि सो निर्वाचन सम्पन्न गरिसकेको छ । 
    सप्तरीको प्रत्यक्षतर्फ जितेका ४ र समानुपातितर्फका २ गरि ६ प्रदेशसभा सदस्यको कार्यशैली मुल्याङ्कनका लागि निर्वाचन गरिएको निर्वाचन अधिकृत शिवनन्दन मेहताले बताए । 
    मतपत्रको एउटा कोठामा “तपाईको क्षेत्रका प्रदेश सभा सदस्यको काम सन्तोषजनक छ ? र अर्को कोठामा सन्तोषजनक छैन” भनी लेखिएको थियो । ती मध्ये एउटा रोजेर स्वस्तिक चिन्ह लगाउन मतदातालाई भनिएको थियो । 
    निर्वाचन अधिकृत मेहताका अनुसार प्रदेशसभा २ को १ बाट निर्वाचित प्रदेश सांसद सतिशकुमार सिंहले ८० प्रतिशत मत प्राप्त गरेका छन् भने प्रदेशसभा २ को २ बाट निर्वाचित मधेश प्रदेशका शिक्षा तथा सामाज कल्याण मन्त्रीसमेत रहेका महेश प्रसाद यादवले ९२ प्रतिशत मत प्राप्त गरेका छन् । अन्य क्षेत्रको मतगणना भने जारि रहेको उनले जनाए ।
    जिल्लाको प्रदेशसभा क्षेत्र नं. १ को २, प्रदेशसभा २ को १ र २, प्रदेशसभा क्षेत्र ३ को १ तथा समानुपातिकतर्फका दुई गरि ६ प्रदेशसभा सदस्यका लागि यस्तो निर्वाचन एकै पटक गरिएको जनमतका जिल्ला इन्चार्ज रामगमन साहले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमणका कारण ज्यान  गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
कोरोना संक्रमणका कारण ज्यान  गुमाउनेको संख्या पाँच पुग्यो, कोरोना निको हुनेको संख्या एक सय एक
प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 
प्रदेश २ सरकारद्वारा प्राधिकरण, काउन्सील र प्रवद्र्धन बोर्डका अध्यक्ष नियुक्त 
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
चार दिनदेखी १३ वर्षिया बालिका वेपत्ता,  कुवेतमा रहेकी आमाद्वारा छोरी पत्ता लगाइदिन आग्रह
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल
राजनीतिक दलहरुबीच मेलमिलाप र एकता  आवश्यक ः नेकपा प्रदेश इन्चार्ज मण्डल
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको  चार महिना मै महिला घर निकाला
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या
अन्धविश्वासमा अढाई वर्षीय नाबालकको हत्या
महादेव मन्दिर परिसरको इनारमा सर्प 
महादेव मन्दिर परिसरको इनारमा सर्प 
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान
डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित वडाअध्यक्षसहित दुई जना कारागार चलान