खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 

राजविराज राजविराज
|
आइतबार, भाद्र ३, २०८०
|
|
१७ पटक हेरिएको
Shares
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 

सारांश

  •     दोश्रो चरणको संघर्ष कार्यक्रमको पहिलो दिन उनीहरु हातमा कालो पट्टी बाधेर तीन घण्टा पेनडाउन गरेका छन् ।
  •       विगत २७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गर्न माग गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम पश्चात् आइतबारदेखी दोश्रो चरणका आन्दोलनमा उत्रिएका हुन् ।
  •       राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको आह्वानमा देशै भरका जिल्ला खेलकुद विकास समितीका कर्मचारीहरु आईतवारदेखि हातमा कालो पट्टी बाधेर पेन डाउनका उत्रेको मधेश प्रदेश खेलकुद कर्मचारी संघका उपाध्यक्ष समेत रहेका प्रशिक्षक उमेश गुरुङले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ३ भदौ । 

    जिल्ला खेलकुद विकास समिती सप्तरीका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु आईतवारदेखि दोश्रो चरणको आन्दोलनमा उत्रेका छन् । 
    दोश्रो चरणको संघर्ष कार्यक्रमको पहिलो दिन उनीहरु हातमा कालो पट्टी बाधेर तीन घण्टा पेनडाउन गरेका छन् । 
    विगत २७ वर्षदेखि रोकिएको बढुवा प्रक्रिया सुरु गर्न माग गर्दै पहिलो चरणको आन्दोलनका कार्यक्रम पश्चात् आइतबारदेखी दोश्रो चरणका आन्दोलनमा उत्रिएका हुन् । 
    राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघको आह्वानमा देशै भरका जिल्ला खेलकुद विकास समितीका कर्मचारीहरु आईतवारदेखि हातमा कालो पट्टी बाधेर पेन डाउनका उत्रेको मधेश प्रदेश खेलकुद कर्मचारी संघका उपाध्यक्ष समेत रहेका प्रशिक्षक उमेश गुरुङले जानकारी दिए । 
    कर्मचारी बढुवा प्रक्रिया लामो समयदेखि रोकिएकाले त्यसको विरोधमा यस अघि गत २६ साउन देखि १ भदौ सम्म प्रथम चरणको संघर्षको कार्यक्रम गरिएको थियो । तर, सार्थक परिणाम नआएकाले थप दवाब दिन दोश्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिएको उनको भनाई छ । 
    आन्दोलनका कार्यक्रम अनुसार खेलकुद कर्मचारी संघले ३ भदौ देखि ५ भदौ सम्म १० बजे देखि दिउसो १ बजे सम्म ३ घण्टा पेन डाउन गर्ने भएको छ । त्यसैगरी ६ र ८ भदौमा विहान १० बजे देखि २ बजे सम्म ४ घण्टा पेन डाउन गर्ने कार्यक्रम रहेको छ । 
    दोश्रो चरणको आन्दोलनले पनि सार्थक परिणाम प्राप्त नभए तेश्रो चरणमा संघर्षका थप सशक्त कार्यक्रम ल्याउने तयारी भएको समेत जानकारी दिइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह