दैनिक समाचारदाता
जनकपुर, १४ चैत ।
तत्कालीन सांसद एवं पूर्व राज्यमन्त्री सञ्जयकुमार साह (टक्ला)सहित ७ जनालाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ भने एक जनाले सफाइ पाएका छन् ।
६ वर्ष अघि जनकपुरस्थित रामानन्द चौकमा भएको बम काण्डको दोषी ठहर गर्दै धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले सातै जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
जन्मकैदको सजाय पाउनेहरुमा सञ्जय साह ’टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र रिपेन्द्र झा रहेका छन् ।
यस्तै ओमप्रकाश यादवलाई ५ वर्षको कैद तोकिएको छ भने सुजितकुमार पाण्डेले सफाइ पाएका छन् भने फरार अभियुक्तहरु जितेन्द्रकुमार कर्ण, आदित्य देव, फूलकुमार यादव र नारायण भन्ने उमेश तिवारी मुद्दा भने मुलतबीमा राखेको छ ।
२०६९ साल वैशाख १८ गते भएको विस्फोटमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दास गरि ५ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए ।
बम काण्डको दोषि ठहर गर्दै संजय साहसहित सात जनालाई जन्मकैद
सारांश
- ६ वर्ष अघि जनकपुरस्थित रामानन्द चौकमा भएको बम काण्डको दोषी ठहर गर्दै धनुषा जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले सातै जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
- जन्मकैदको सजाय पाउनेहरुमा सञ्जय साह ’टक्ला’, अर्जुन सिंह भनिने मुकेश चौधरी, राजन मुक्ति भनिने रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, सुरेश कर्ण र रिपेन्द्र झा रहेका छन् ।
- यस्तै ओमप्रकाश यादवलाई ५ वर्षको कैद तोकिएको छ भने सुजितकुमार पाण्डेले सफाइ पाएका छन् भने फरार अभियुक्तहरु जितेन्द्रकुमार कर्ण, आदित्य देव, फूलकुमार यादव र नारायण भन्ने उमेश तिवारी मुद्दा भने मुलतबीमा राखेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया