अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता

राजविराज राजविराज
|
सोमबार, आश्विन १५, २०८०
|
|
२७ पटक हेरिएको
Shares
अपराधका पुराना फायल खोल्ने नयाँ एसपीको प्रतिबद्धता

सारांश

  •     सप्तरीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ८औं दिन सोमवार संचारकर्मीहरुसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएक हुन् ।
  •     “जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै विगतमा भएका गम्भिर प्रकृितका अपराधका पुराना फायलहरुको सुक्ष्म अध्ययन गरी अनुसान्धान अघि बढ्नेमा विश्वस्त राख्न आग्रह गर्दै उनले यसमा कोहीसँग पनि सम्झौता नगरिने समेत बताए ।
  •     पत्रकारको सुरक्षा र सम्मानका साथै समयमै सूचना प्रवाहका विषयलाई आफुले प्राथमिकतामा राख्ने उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, १५ असोज । 

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख (एसपी) गजुसिद्धि बज्राचार्यले जिल्लामा बिचाराधिन तथा फायलमै सीमित रहेका गम्भिर प्रकृतिका अपराधका पुराना घटनाका फायलहरु खोलिने र अपराधीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।  
    सप्तरीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ८औं दिन सोमवार संचारकर्मीहरुसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएक हुन् ।
    “जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनुका साथै विगतमा भएका गम्भिर प्रकृितका अपराधका पुराना फायलहरुको सुक्ष्म अध्ययन गरी अनुसान्धान अघि बढ्नेमा विश्वस्त राख्न आग्रह गर्दै उनले यसमा कोहीसँग पनि सम्झौता नगरिने समेत बताए ।
    पत्रकारको सुरक्षा र सम्मानका साथै समयमै सूचना प्रवाहका विषयलाई आफुले प्राथमिकतामा राख्ने उनको भनाई छ । उनले शान्ति सुरक्षा तथा समाजमा आपसी सद्भाव कायम राख्ने विषयमा संचारकर्मीहरुसँग सकारात्मक सहयोग पाउने अपेक्षा पनि राखे । 
    अपराध नियन्त्रण तथा पीडितलाई राहत दिने गरी नयाँ ढंगले काम गर्ने योजना सुनाउदै उनले आउन लागेको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएको जानकारी पनि दिए । 
    कार्यक्रममा सप्तरी सरुवा भएर आएका डिएसपी ढुण्डिराज नेउपानेले जनता र प्रहरीबीचको आपसी सद्भाव अझ प्रगाढ बनाउन तथा जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरीले सबै सरोकारवालासँग मिलेर काम गर्ने बताए । 
    कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, केन्द्रिय सदस्य ललिता साह, पूर्व केन्द्रिय सदस्य अवधेश झा, प्रेस युनियन सप्तरीका अध्यक्ष विनय लाल कर्ण लगायतले जिल्लामा अपराध न्यूनीकरणका लागि आ–आफ्नो सुझाव दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह