ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ

राजविराज राजविराज
|
सोमबार, आश्विन २२, २०८०
|
|
१८ पटक हेरिएको
Shares
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ

सारांश

  •     प्रेस मञ्च नेपाल सप्तरीद्वारा सोमवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष श्रेष्ठले यस्तो बताउँदै संघियता, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धीलाई सुरक्षित राख्नु पर्नेमा जोड समेत दिए ।
  •       पूर्वमन्त्रि समेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी लगायतका नयाँ राजनीतिक दलहरुबाट पनि परिर्वतनको उपलब्धी सुरक्षित हुन नसक्ने दाबीका साथ उनले क्रान्तिभुमीका रुपमा परिचित मधेशले नै उपलब्धीलाई जोगाउन सक्ने बताए ।
  •       जनता समक्ष परिवर्तनको प्रत्याभुती पु¥याउनका लागी स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रलाई पनि परिवर्तन गर्नु पर्ने उनको सुझाव छ ।

दैनिक समाचारदाता
काठमाडौं, २२ असोज ।

    जनता समाजवादी पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकमा भएका ऐतिहासिक परिवर्तनको उपलब्धीलाई जोगाउने जिम्मा मधेश प्रदेश कै रहेको बताएका छन् । 
    प्रेस मञ्च नेपाल सप्तरीद्वारा सोमवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष श्रेष्ठले यस्तो बताउँदै संघियता, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धीलाई सुरक्षित राख्नु पर्नेमा जोड समेत दिए । 
    पूर्वमन्त्रि समेत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी लगायतका नयाँ राजनीतिक दलहरुबाट पनि परिर्वतनको उपलब्धी सुरक्षित हुन नसक्ने दाबीका साथ उनले क्रान्तिभुमीका रुपमा परिचित मधेशले नै उपलब्धीलाई जोगाउन सक्ने बताए । 
    जनता समक्ष परिवर्तनको प्रत्याभुती पु¥याउनका लागी स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रलाई पनि परिवर्तन गर्नु पर्ने उनको सुझाव छ । 
    गौर घट्ना माओवादी क्रान्तिको प्रतिक्रिया स्वरुप घटेको टिप्पणी गर्दै उनले त्यसमा आफुहरुलाई दोषि करार गरे मधेशमा आन्दोलनका क्रममा सरकारसँत भएको सहमतीको समेत उल्लंघन हुने बताए । 
    उनले सरकारको गठबन्धनमा रहे पनि हरेक निर्णयमा भने सहभागिता नहुने गरेको बताँउदै पछिल्लो पटक सरकारको निर्णयमा राष्ट्रपतिले गम्भीर अपराधका दोषीको सजाय माफ गर्ने विषयमा समेत आफ्नो पार्टीसँग कुनै छलफल नभएको स्पष्ट पारे । 
    धर्मको नाममा द्वन्द नहोस भन्ने उद्देश्यका साथ नै देशमा धर्मनिरपेक्षता कायम भएको वताउँदै श्रेष्ठले प्रतिगामी तत्वहरुले स्वार्थका लागी चलखेल गरी जतिय र धार्मिक द्वन्द सृजना गरिरहेकाले यसलाई रोक्न सबै प्रजातान्त्रिक शक्ति मिलेर अघि बढ्नु आवश्यकता रहेको बताए । 
    प्रेस मञ्चका अध्यक्ष भुषण कुमार सिंहको अध्यक्षतमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनिष सुमन, प्रतिनिधिीसभा सदस्य नवलकिशोर साह, राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिह यादव, मधेश प्रदेश महासचिव दिनेश कुमार यादव, राजनीतिक समिती सदस्य अमरनाथ मण्डल, जिल्ला अध्यक्ष केदार यादव लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
नेकपा एमाले र जसपाबीच चुनावी तालमेल, सप्तरीमा एमालेले लगायो उम्मेदवारको  टुङ्गो, जसपा अझै अन्यौलमा 
अपाङ्गताहरूको अधिकारका  सवालमा एकजुट हुनुपर्नेमा जोड
अपाङ्गताहरूको अधिकारका  सवालमा एकजुट हुनुपर्नेमा जोड
करेन्ट लागेर इसरको मृत्यु
करेन्ट लागेर इसरको मृत्यु
फरार प्रतिवादी सदा पक्राउ
फरार प्रतिवादी सदा पक्राउ
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त
सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
छोरीको हत्या र छोरा वेपत्ता  पार्नेहरुमाथी कारवाहीको माग गर्दा  चन्द्रदेवीलाई ज्यान मार्ने धम्की 
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती
आरोप प्रमाणित गरेर देखाउन अध्यक्ष यादवको चुनौती
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित 
वर्षेनी डुवानमा परिरहेको भन्दै  खाँडो पीडित आन्दोलित