महिलाहरु अझै उपेक्षित ः सहमहामन्त्री डिना

राजविराज राजविराज
|
शनिबार, आश्विन २७, २०८०
|
|
३९ पटक हेरिएको
Shares
महिलाहरु अझै उपेक्षित ः सहमहामन्त्री डिना

सारांश

  •     गठबन्धनको राजनीतिका कारण पनि निर्वाचनमा चाहे अनुसारको महिला उम्मेदवारी पर्न नसकि अवसरबाट बञ्चित हुने गरेको जिकिर गर्दै उनले आ–आफ्नो हैसियत अनुसार दलहरुले पनि उम्मेदवारी दिन सके महिलाप्रति न्याय हुने र महिला प्रतिनिधिको पनि उपस्थिति बढ्ने बताइन् ।
  •       पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रदेश सहमहामन्त्री बिन्दु यादव, निवर्तमान प्रदेश सभा सदस्य गिता यादव, जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य मिथिलेश यादव लगायतकाको पनि उपस्थिति रहेको थियो ।
  •  

    राजविराज÷नेपाली काँग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय “डिना” ले संविधानमा महिलालाई धेरै हकअधिकार दिएपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा महिलाहरु अझै उपेक्षित नै रहेको बताएकी छिन् । 
    नेपाल प्रेस युनियन सप्तरी शाखाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको संविधानले महिलालाई धेरै हकअधिकार दिएको तर, कार्यान्वयन पक्ष कमजोर हुँदा अपेक्षाकृत अधिकार महिलाले अझै पाउन नसकेको गुनासो पोखिन । 
    उनले संविधानमा भएको व्यवस्थालाई प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन नेपाली काँग्रेसले पनि आफ्नो विधान संशोधन गरि महिला सहभागिता बढाउन आवश्यक पहल थालेको जानकारी दिँदै उक्त पहलले सार्थकर्ता पाउने विश्वास समेत व्यक्त गरिन् । उनले संविधानमा भएको महिला मैत्री व्यवस्थाहरुलाई कानुनको रुप दिन छिट्टै सदनमा प्रस्ताव लैजाने तयारी गरिएको जानकारी पनि दिइन् । 
    गठबन्धनको राजनीतिका कारण पनि निर्वाचनमा चाहे अनुसारको महिला उम्मेदवारी पर्न नसकि अवसरबाट बञ्चित हुने गरेको जिकिर गर्दै उनले आ–आफ्नो हैसियत अनुसार दलहरुले पनि उम्मेदवारी दिन सके महिलाप्रति न्याय हुने र महिला प्रतिनिधिको पनि उपस्थिति बढ्ने बताइन् । 
    पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रदेश सहमहामन्त्री बिन्दु यादव, निवर्तमान प्रदेश सभा सदस्य गिता यादव, जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य मिथिलेश यादव लगायतकाको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
हनुमाननगर कंकालिनी नगरपालिकाका कर्मचारी आन्दोलित
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
आगामी नीति तथा कार्यक्रममा पालिकाहरुले खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत  कार्यक्रममा बजेट राख्ने प्रतिबद्धता 
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
पगरीवालाको निधनप्रति दुःख ब्यक्त 
मेयर कपमा मझौको विजयी सुरुवात
मेयर कपमा मझौको विजयी सुरुवात
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
मानव बेचबिखन तथा ओसार पोसारबिरुद्ध ¥याली 
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मानव तस्करी कार्यमा संलग्न जो सुकैलाई पनि कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान
सप्तरीबाट सुरु भयो “किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान