एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान

राजविराज राजविराज
|
बुधबार, मंसिर २७, २०८०
|
|
३५ पटक हेरिएको
Shares
एक हजार ८ जना ठगीमा परेका मध्ये ७ सय ६० जनाको समस्या समाधान

सारांश

  •     राजबिराज नगरपालिका आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र  सामी÷हेल्भेटास नेपालको सहयोगमा सुरक्षित बैदेशिक रोजगारका लागि प्रदेश र  स्थानिय सरकारबीच अन्तरक्रिया कार्यक्रममा उक्त संख्यामा ६ वर्षको अवधीमा ठगीमा परेको जानकारी दिइएको छ ।
  •       बैदेशिक रोजगारमा ठगीमा परेका १ हजार ८ सय ७१ जनाले आप्रवासी स्रोत केन्द्रमा उजुरी गरेका मध्ये ७ सय ६० जनाको समस्या समाधान गरिएको सामी÷ हेल्भेटास नेपालका सुशासन संयोजक कमल बहादुर रोकायले बताए ।
  •       उनले भने ६ बर्षमा १६ करोड ९० लाख ६१ हजार ५५ रूपैया क्षतिपुर्ति दिलाएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।

    सप्तरीमा बैदेशिक रोजगारको सिलसिलामा एक हजार ८ सय ७१ जना ठगीमा परेका छन् । 
    राजबिराज नगरपालिका आयोजना तथा श्रम तथा यातायात मन्त्रालय र  सामी÷हेल्भेटास नेपालको सहयोगमा सुरक्षित बैदेशिक रोजगारका लागि प्रदेश र  स्थानिय सरकारबीच अन्तरक्रिया कार्यक्रममा उक्त संख्यामा ६ वर्षको अवधीमा ठगीमा परेको जानकारी दिइएको छ । 
    बैदेशिक रोजगारमा ठगीमा परेका १ हजार ८ सय ७१ जनाले आप्रवासी स्रोत केन्द्रमा उजुरी गरेका मध्ये ७ सय ६० जनाको समस्या समाधान गरिएको सामी÷ हेल्भेटास नेपालका सुशासन संयोजक कमल बहादुर रोकायले बताए । 
    उनले भने ६ बर्षमा १६ करोड ९० लाख ६१ हजार ५५ रूपैया क्षतिपुर्ति दिलाएको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
    यसैगरी सिरहामा ९ सय २० समस्या मध्ये ४ सय २४ जनाको समस्या सामाधान गरिएको छ भने २१ करोड ५३ लाख ६२ हजार ५ सय ६२ रूपैया क्षतिपुर्ति दिलाउन सफल भएको जनाइएको छ । 
    कार्यक्रममा सामी÷हेल्भेटास नेपालका प्रदेश प्रबन्धक बिजय ठाकुरले बैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित, उपलब्धीमूलक बनाउन र ठगी मुक्त बनाउन सबैको दायित्व रहेको जिकिर गरे ।
    आप्रवासी हकहित संरक्षण केन्द्रका प्रदेश संयोजक जितेन्द्र सिन्हाले सरकारले एजेन्ट खारेज गर्ने तर हरेक गाउगाउमा एजेन्टहरूको बिगबिगी र ठगी बढेको बताउदै बैदेशिक रोजगारका लागि सुरक्षित बनाउन स्थानिय सरकार गम्भिर गम्भीर बन्नुपर्नेमा जोड दिए ।
    उक्त अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह र राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री आउने 
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस, पश्चिमी मान्यता खण्डित गर्न नारीवादी विचारको प्रादुर्भाव
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
सप्तरी र सिरहाका अस्पताललाई स्वास्थ्य सामाग्रि प्रदान
तीन वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न नसक्दा जोखिम बढ्यो
तीन वर्षअघि बाढीले भत्काएको पुल अझै बन्न नसक्दा जोखिम बढ्यो
किर्ते प्रकरणमा सिनियर डिभिजनल  इन्जिनियर गोईत पक्राउ
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
सुशासन र समाजमा शान्ति व्यवस्था कायम गर्न प्रतिबद्ध रहेको छु ः प्रजिअ दाहाल
सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन