दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
मधेश प्रदेशसभा सदस्य मालाकुमारी कर्णले जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार नगर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिएकी छिन्् ।
तेश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा जेष्ठ नागरिक जिल्ला संघ सप्तरीको दोश्रो जिल्ला सभामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले उर्जाशिल समय सन्तान र परिवारका लागि खर्चिने जेष्ठ नागरिक बृद्धाआश्रममा उपेक्षाको शिकार हुने क्रम बढ्दो गएकोले यस्तो व्यवहार गर्नेलाई सामाजिक रुपमै बहिष्कार गरिनुपर्ने धारणा राखिन् ।
जेष्ठ नागरिकलाई बृद्धा आश्रममा होइन्, घरमै सम्मान गरौं नाराका साथ सुरु भएको कार्यक्रममा बोल्दै सभासदस्य कर्णले जेष्ठ नागरिकप्रति हुने विभेद अन्त्य गर्न पालिकास्तरमा समेत समितिहरुको गठन आवश्यक रहेको बताउँदै अनुभवका खानी जेष्ठ नागरिकको सुरक्षा, संरक्षण र सम्मानका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
जेष्ठ नागरिक जिल्ला संघको आयोजना तथा पूर्वकर्मचारी सेवा परिसद् नेपाल सप्तरी शाखाको समन्वयमा आयोजित कार्यक्रममा जिल्लाका ८५ वर्षमाथीका सात जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । प्रमुख अतिथि कर्णले उनीहरुलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरे ।
सम्मानित हुनेमा राजविराज नगरपालिकाका रायचन्द्र दुंगड, अरुण चौधरी, मो. हाजि लतिफ, तुलसीप्रसाद दाहाल, बिजयकान्त झा र बिमलादेवी बैद्य छन् । यस्तै रुपनी गाउँपालिकाका सीताबी प्रसाद साह पनि सम्मानित भएका छन् । उनीहरु सबै ८५ वर्ष भन्दा माथीका हुन् । सम्मानित दुई जना अस्वस्थ्य तथा असत्तताका कारण उपस्थित हुन नसक्दा उनीहरुको घरमै पुगि सम्मान गरिएको छ ।
जेष्ठ नागरिक जिल्ला संघले विभिन्न क्षेत्रमा योगदान गरेका तथा दिर्घजिवन बिताइरहेका जेष्ठ नागरिकको खोजि गरि सम्मान गरेको संघका जिल्ला सचिव बैधनाथ झाले जानकारी दिए ।
कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघका कार्यवाहक अध्यक्ष शंकर सारदा, सल्लाहकार रामनरेश सिंह, पूर्व कर्मचारी सेवा परिषद् नेपाल शाखा सप्तरीका अध्यक्ष सुगम्बर यादव, राष्ट्रिय मारवाडी महिला मञ्चका केन्द्रिय उपाध्यक्ष मञ्जु सारदा, डाक्नेश्वरी नगरपालिकाका पूर्वमेयर शिवनारायण साह, सामुदायिक सेवा केन्द्रका सल्लाहकार हितनारायण लाल दास, तेरापंथ महिला मण्डल राजविराजका निवर्तमान अध्यक्ष रेखा बैद्य, पत्रकार महासंघ सप्तरीका पूर्वसभापति धिरेन्द्र साह, विद्यापति पुरस्कार कोषका सदस्य सचिव ध्रुब मण्डल, नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली लगायतले पनि बोल्दै जेष्ठ नागरिकलाई घर, समाज तथा राष्ट्रबाट सम्मानजनक ब्यवहार हुनुपर्नेमा जोड दिएका थिए ।
जेष्ठ नागरिक संघको अध्यक्षमा सिंह
जेष्ठ नागरिक जिल्ला संघको बुधबार सम्पन्न बन्दसत्रले रामनरेश सिंहको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।
नवगठित संघको उपाध्यक्षमा शंकर सारदा, सचिव बैधनाथ झा र कोषाध्यक्षमा नन्दलाल साह रहेका छन् ।
यस्तै सदस्यहरुमा शिवनारायण साह, थानसिंह भंसाली, सुगम्बर यादव, सत्यनारायण देव, पवनप्रसाद सिंह, हितनारायण लाल दास र श्रीमती बच्ची मिश्राको चयन गरिएको संघले जनाएको छ ।
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड
सारांश
- तेश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा जेष्ठ नागरिक जिल्ला संघ सप्तरीको दोश्रो जिल्ला सभामा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले उर्जाशिल समय सन्तान र परिवारका लागि खर्चिने जेष्ठ नागरिक बृद्धाआश्रममा उपेक्षाको शिकार हुने क्रम बढ्दो गएकोले यस्तो व्यवहार गर्नेलाई सामाजिक रुपमै बहिष्कार गरिनुपर्ने धारणा राखिन् ।
- जेष्ठ नागरिकलाई बृद्धा आश्रममा होइन्, घरमै सम्मान गरौं नाराका साथ सुरु भएको कार्यक्रममा बोल्दै सभासदस्य कर्णले जेष्ठ नागरिकप्रति हुने विभेद अन्त्य गर्न पालिकास्तरमा समेत समितिहरुको गठन आवश्यक रहेको बताउँदै अनुभवका खानी जेष्ठ नागरिकको सुरक्षा, संरक्षण र सम्मानका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
- जेष्ठ नागरिक जिल्ला संघको आयोजना तथा पूर्वकर्मचारी सेवा परिसद् नेपाल सप्तरी शाखाको समन्वयमा आयोजित कार्यक्रममा जिल्लाका ८५ वर्षमाथीका सात जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया