दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
राजविराजस्थित ग्लोबल बहुमुखी सहकारी संस्था लि. बाट बचतकर्ताहरुले ११ करोड भन्दा बढी रकम फिर्ता गर्न माग गर्दै बुधबार प्रदर्शन गरेका छन् ।
संस्थाका तत्कालिन अध्यक्ष सुखराम यादव र कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलको हेलचक्रयाईले सहकारी संस्थासंगै बचतकर्ताको रकम समेत डुबाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।
बचतकर्ताहरुले करिब ११ करोड ८५ लाख रुपैया फिर्ता गर्नु पर्ने मागसहित स्थानीय रंगशालामा जम्मा भई “कि त मारी दे, कि त हाम्रो समस्या टारि दे, सहकारी पीडितलाई न्याय दे” लगायतका प्ले कार्ड बोकी नाराबाजी गर्दै महिला बचतकर्ताको उल्लेख्यनीय सहभागितामा निस्केको जुलुस नगरपरिक्रमा पश्चात सोही स्थानमा पुगी विरोध सभामा परिणत भएको थियो ।
२६ हजार भन्दा बढी बचतकर्ताको जीवनभरको कमाई डुबेकाले बाध्य भई आन्दोलन गर्नु परेको बतचकर्ताहरुको गुनासो छ । सहकारीका तत्कालिन अध्यक्ष सुखराम यादव र प्रवद्र्धक पंकज पोखरेलले आफुहरुको रकम अपचलन गरेको उनीहरुको भनाई छ ।
बचतकर्ता मध्येका केही पालिकाहरुमा स्वास्थ्य चौकीमा खटिएका आमा समूहका स्वंयसेवीकाहरु पनि छन् । उनीहरुले तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विजय झाले सोही सहकारीमा बचत गर्न दबाव दिएको भन्दै उनलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन ।
तत्कालिन अध्यक्ष यादव र प्रवद्र्धक पोखरेल सम्पर्क विहिन भएकाले उनीहरु विरुद्ध प्रहरीमा ठगी मुद्दा चलाउन निवेदन समेत दिइ सकिएको बचतकर्ता मध्येकी सीता देवी विश्वकर्माले बताईन । उनीहरुले संस्थाको रकम अपचलन, हिनामिना तथा ठगी गरेको निवेदनमा उल्लेख गरेका छन् ।
अर्का पीडित बनिोद यादवले संस्थामा दुई कठ जग्गा राखेर १७ लाख रुँपैया माग गरेको तर आफूले नपाएको बताउँदै पछि बुझ्दा ग्लोबल सहकारीले आफूले माग गरेको १७ लाख रुँपैया राष्ट्रिय सहकारी बैंक मार्फत उठाइसकेको बताए ।
सोही बिरोध सभाबाट आन्दोलनका थप कार्यक्रम समेत घोषणा गरिएको छ । जसअनुसार आगामी माघ १४ गते जिल्ला स्वास्थ्य कार्यालयमा तालाबन्दी तथा माघ १५ गते जिल्लाका सबै स्वास्थ्य चौकीमा तालाबन्दी गरी कामकाज ठप्प पार्ने कार्यक्रम तय गरिएको बचतकर्ता पीडित संर्घष समितिले जनाएको छ ।
संस्थाले भने बचतकर्ताको रकम अनियमितता नगरेको दाबी गर्दै लगानी गरिएको रकम ऋणीहरुबाट समय मै फिर्ता नआउदा भुक्तानी दिन समस्या भएको जनाउदै आएको छ ।
यता सहकारीबाट ठगिएको भनी पीडितहरु धमाधम सम्पर्कमा आउन थालेपछि आवश्यक अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले सहकारीबाट ठगिएको भनी पीडितहरु निवेदन लिएर आएको तथा सो बारे सुक्ष्म अनुसन्धान भईरहेको बताए ।
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
सारांश
- संस्थाका तत्कालिन अध्यक्ष सुखराम यादव र कार्यक्रम प्रवद्र्धक पंकज पोखरेलको हेलचक्रयाईले सहकारी संस्थासंगै बचतकर्ताको रकम समेत डुबाएको भन्दै उनीहरु प्रदर्शनमा उत्रेका हुन् ।
- बचतकर्ताहरुले करिब ११ करोड ८५ लाख रुपैया फिर्ता गर्नु पर्ने मागसहित स्थानीय रंगशालामा जम्मा भई “कि त मारी दे, कि त हाम्रो समस्या टारि दे, सहकारी पीडितलाई न्याय दे” लगायतका प्ले कार्ड बोकी नाराबाजी गर्दै महिला बचतकर्ताको उल्लेख्यनीय सहभागितामा निस्केको जुलुस नगरपरिक्रमा पश्चात सोही स्थानमा पुगी विरोध सभामा परिणत भएको थियो ।
- २६ हजार भन्दा बढी बचतकर्ताको जीवनभरको कमाई डुबेकाले बाध्य भई आन्दोलन गर्नु परेको बतचकर्ताहरुको गुनासो छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया