तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह

राजविराज राजविराज
|
मंगलबार, माघ २३, २०८०
|
|
२५ पटक हेरिएको
Shares
तालाबन्दी खुलाउन विश्वविद्यालयद्वारा सम्बन्धीत सरोकारवालासँग आग्रह

सारांश

  •     विश्वविद्यालयका रजिष्टार डा.
  • भगवान ठाकुरद्वारा मंगलबार जारी अनुरोध पत्रमा सौहाद्रपुर्ण वातावरण सृजना तथा वार्ता र सम्वाद मार्फत समस्याको समाधानका लागी पहल गरिदिन सम्बन्धित सरोकारवालाहरुमा अनुरोध गरिएको छ ।
  •       डा.

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 

    राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयले गत माघ ७ गते विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन वार्ता र छलफलका लागि सम्बन्धीत सरोकारवालासँग आग्रह गरेको छ । 
    विश्वविद्यालयका रजिष्टार डा. भगवान ठाकुरद्वारा मंगलबार जारी अनुरोध पत्रमा सौहाद्रपुर्ण वातावरण सृजना तथा वार्ता र सम्वाद मार्फत समस्याको समाधानका लागी पहल गरिदिन सम्बन्धित सरोकारवालाहरुमा अनुरोध गरिएको छ । 
    डा. ठाकुरद्वारा जारि अनुरोध पत्रमा लगाइएको तालाबन्दीका कारण पठन–पाठन प्रभावित बन्न पुगेको, फर्म रजिष्टे«शन, नयाँ भर्ना लगायतका कामका साथै विश्वविद्यालयको दैनिक कामकाज सबै ठप्प भएको उल्लेख गरिएको छ । 
    वर्तमान अवस्थामा रहेको बेरोजगारी, खाद्य संकट तथा शिक्षा आर्जनका लागी विद्यार्थीहरु विदेशीने क्रम बढीरहेका वेला यसलाई रोक्न मधेश प्रदेश कै गौरवको आयोजनाको रुपमा रहेको विश्वविद्यालयमा लामो समयदेखि गरिएको तालाबन्दीले विद्यार्थीको भविष्यमाथी संकट उत्पन्न हुने भन्दै अनुरोध पत्र मार्फत सो आग्रह गरिएको छ । 
    गत माघ ७ गते जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहको नेतृत्वको टोलीले विश्वविद्यालयमा दलिय तानाशाही हावी भएको, विश्व विद्यालयको डिपिआरमा भ्रष्टाचार भएको, परिक्षा बोर्ड बिनै परिक्षा लिइएको तथा विश्व विद्यालयका सहकुलपतिलाई कुनै जानकारी नै नदिई विश्व विद्यालयको शिलान्यासको कार्यक्रम राखेको भन्दै त्यसको बिरोधमा तालाबन्दी गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
मधेश प्रदेश सरकारबाट जनमत बाहिरियो, समर्थन पनि फिर्ता 
मधेश प्रदेश सरकारबाट जनमत बाहिरियो, समर्थन पनि फिर्ता 
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
पाँच महिनादेखीको तालाबन्दीले सप्तरीको खेलकुद क्षेत्र लथालिङ्ग
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
भन्सार छलिका लाखौं मुल्य बराबरको  पेय पदार्थका साथै खाद्यसामाग्रिहरु बरामद
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ
भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट