कंचनरुपद्वारा दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक 

राजविराज राजविराज
|
बुधबार, फाल्गुन २३, २०८०
|
|
१९ पटक हेरिएको
Shares
कंचनरुपद्वारा दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक 

सारांश

  •     एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको वडा नं.
  • २ बरमझियास्थित कभर्ड हलमा सार्वजनिक सुनुवाई  कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ को प्रथम चौमासिक सम्मको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो ।
  •       “नगरवासीसँग नगरपालिका” नारासहित शुरु गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका सबै फाँटका प्रमुख तथा कर्मचारी, सुरक्षा निकायका प्रमुख सरोकारवाला निकाय, संचारकर्मीका साथै स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २३ फागुन ।

    सप्तरीको कञ्चनरुपन नगरपालिकाले बुधबार दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । 
    एक कार्यक्रमको आयोजना गरी नगरपालिकाको वडा नं. २ बरमझियास्थित कभर्ड हलमा सार्वजनिक सुनुवाई  कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१ को प्रथम चौमासिक सम्मको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो । 
    “नगरवासीसँग नगरपालिका” नारासहित शुरु गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका सबै फाँटका प्रमुख तथा कर्मचारी, सुरक्षा निकायका प्रमुख सरोकारवाला निकाय, संचारकर्मीका साथै स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो । 
    यसरी सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्ने कञ्चनरुप नगरपालिका जिल्लाकै पहिलो पालिका नगरप्रमुख ललन प्रसाद गुप्ताले बताए ।
    सो अवसरमा उनले नगरपालिकाका जनप्रतिनिधिहरुको तर्फबाट नगर विकासका खाका र साझा संकल्प व्यक्त गर्दै भावी दिनमा गर्नु पर्ने थप कार्यहरुका लागि सहभागितासँग राय सुझाव समेत संकलन गरे ।
    उनले नगरपालिकामा १५ शैय्याको अस्पताल, शित भण्डारको निर्माण, गर्भवती र विपन्न समुदायसँग मेयर, सडक विस्तार लगायतका कामका साथै शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा विकास बजेटको अधिकांश रकम खर्चिएको बताए । 
    नगरपालिकाले स्वास्थ क्षेत्रमा गरेको उत्कृष्ट कार्य तथा व्यवस्थापनका कारण जिल्लामा प्रथम र प्रदेशमा तेश्रो स्थानमा हासिल गर्न सफल भएको बताउँदै उनले बजेट छरेर सिध्याउनु भन्दा हरेक वर्ष दुई चार वटा भएपनि अति आवश्यक र ठुलो संख्यामा नगरवासीले लाभ लिन सक्ने योजनामा पुग्ने बजेट विनियोजन गर्ने सोच अनुसार अघि बढेको र यसमा सबैको सकारात्मक साथ र सहयोगको अपेक्षा राखेको बताए ।
    प्रमुख प्रशासकीय अधिकृत रामनारायण साहले दुई आर्थिक वर्षको प्रथम चौमासिक वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गरे । प्रतिवेदन नगरपालिकाले २०७९ड्ढ–स्÷८० मा १ करोड ४० लाख २९ हजार राजस्व संकलन गर्न सफल भएको उल्लेख गरिएको छ । 
    यस्तै २०८०÷८१ हालसम्ममा ४० लाखभन्दा बढी राजस्व संकलन गर्न सफल भएको प्रतिवेदन मार्फत जनाइएको छ । प्रतिवेदनअनुसार २०८०।०८१ का लागि कुल ७६ करोड ७० लाख २० हजार ६ सय ७८ रुपैया विनियोजन गरिएकोमा हालसम्म विभिन्न शिर्षकमा गरी २८ करोड ३५ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । उनले न्यायिक समिति मार्फत परेको ४१ मुद्दा मध्ये ३३ वटाको न्याय सम्पादन कार्य सकिएको र न्याय सम्पादनमा समेत यो नगरपालिका अब्बल रहेको बताए । 
    उनले संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ नियकाय एवम् विभिन्न संघ संस्थाबाट उपलब्ध भएको श्रोतको उचित परिचान गरी विकास निर्माण र सुशासन समेतलाई गति प्रदान गरिएको बताए ।
    नगरप्रमुख गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा उपप्रमुख मुना पोखरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिले सो अवसरमा आ आफ्ना सुझाव राखेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह