दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
ग्लोबल हुमैन राइट्स प्रोटेक्सन फोरमद्वारा सप्तरीका मानव अधिकारकर्मी सुनिता साह ‘क्रान्ति’ र सामाजिक अभियान्ता अनवर अली सम्मानित भएका छन् ।
भारतको गुहाटीमा उक्त संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दुबै जना सम्मानित भएका हुन् ।
संस्थाको संस्थापक अध्यक्ष महानन्द सरकार दत्ताले अधिकारकर्मी साहलाई सुभाष चन्द्र बोस फेलोसिप र सामाजिक अभियान्ता अनवर अलिलाई डा. एमबेडकर ग्लोबल फेलोशिपबाट सम्मानित गरे ।
विश्वभर मानव अधिकारको संरक्षण क्षेत्रमा काम गरेका भारत, नेपाल, बंगलादेश लगायतका दक्षिण एसियामा क्रियाशील सामाजिक अभियन्ताहरुलाई विभिन्न अवार्ड प्रदान गरिएको छ ।
मधेशी दलित गैरसरकारी संस्था महासंघको राष्ट्रिय अध्यक्ष नरेन्द्र पासवानलाई भगवान बुद्ध ग्लोबल एकसलेनसी सर्भिस एवार्ड, नबल किसोर साहलाइ भुपेन हजारिका फेलोसिप, गीता पासवान, सिकिन पासवान, बिभा पासवान, कामेश्वर प्रसाद साहलाई डा. एमबेडकर ग्लोबल फेलोशिप र प्रमिला गिरीलाई आलोक बेनरजी ग्लोबल फेलोशिप एवार्डबाट संस्थाको संस्थापक अध्यक्ष दत्ताले सबैलाई सम्मनित गरेका हुन् ।
सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित
सारांश
- भारतको गुहाटीमा उक्त संस्थाको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा दुबै जना सम्मानित भएका हुन् ।
- संस्थाको संस्थापक अध्यक्ष महानन्द सरकार दत्ताले अधिकारकर्मी साहलाई सुभाष चन्द्र बोस फेलोसिप र सामाजिक अभियान्ता अनवर अलिलाई डा.
- एमबेडकर ग्लोबल फेलोशिपबाट सम्मानित गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया