मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र

राजविराज राजविराज
|
बुधबार, चैत्र २१, २०८०
|
|
२४ पटक हेरिएको
Shares
मन्त्रीले ध्वनी प्रदुषण नियन्त्रणका लागि देखाए अग्रसरता,  ध्वनी प्रदुषण रोक्न प्रशासन कार्यालयसहित चारवटै सुरक्षा निकाय र स्थानीय तहलाई पत्र

सारांश

  •     मधेश प्रदेशमा हुने गरेको विभिन्न खालका कार्यक्रममा ठूलो अवाजमा डिजे लगायतका साउण्ड सिस्टमले ध्वनी प्रदुषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनगुनासो बढन थाले पछि त्यसलाई नियन्त्रणका लागि प्रदेश सरकारले अग्रसरता देखाएको हो ।
  •       मन्त्री लेखीले ध्वनी प्रदुषणले विभिन्न खालको समस्याहरु सृजना गर्ने गरेको ठहर गर्दै नियन्त्रणका लागि हरेक पक्षवाट समन्वय र सहयोगको अपेक्षा समेत गरेका छन् ।
  • उनले जनताको गुनासोलाई सम्बोधन गर्दै तत्काल ध्वनी प्रदुषण नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई बैठकमा निर्देशन समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, २१ चैत ।

    मधेश प्रदेश सुरक्षा समन्वय समितिका अध्यक्ष एवं गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले ध्वनी प्रदुषण नियन्त्रणका लागि अग्रसरता देखाएका छन् ।
    मधेश प्रदेशमा हुने गरेको विभिन्न खालका कार्यक्रममा ठूलो अवाजमा डिजे लगायतका साउण्ड सिस्टमले ध्वनी प्रदुषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको जनगुनासो बढन थाले पछि त्यसलाई नियन्त्रणका लागि प्रदेश सरकारले अग्रसरता देखाएको हो । 
    मन्त्री लेखीले ध्वनी प्रदुषणले विभिन्न खालको समस्याहरु सृजना गर्ने गरेको ठहर गर्दै नियन्त्रणका लागि हरेक पक्षवाट समन्वय र सहयोगको अपेक्षा समेत गरेका छन् । उनले जनताको गुनासोलाई सम्बोधन गर्दै तत्काल ध्वनी प्रदुषण नियन्त्रण गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाई बैठकमा निर्देशन समेत दिए । 
    बैठकमा जनताले गरेका गुनासाहरु सुनाँउदै मन्त्री लेखीले ध्वनी प्रदुषणका कारण हृदयका रोगीहरुलाई विभिन्न खालका समस्या हुनुको साथ साथै एसइईका विद्यार्थीहरुलाई पठन पाठनमा समेत समस्या भइरहेकोले नियन्त्रणका लागि आवश्यक कदम लिनका लागि मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिए । 
    बैठकवाट ध्वनी प्रदुषण रोक्नका लागि प्रदेशभरीका जिल्ला प्रशासन कार्यालय, चारवटै सुरक्षा निकाय र प्रदेश भरीका स्थानीयतहलाई पत्रपठाउने निर्णयसहित पत्र पठाइएको मन्त्री लेखीले जानकारी दिए ।
    मन्त्रालयले गरेका निर्णयलाई अटेर गर्नेलाई कानून अनुसारको कारवाही प्रक्रिया अगाडी बढाइने समेत बताइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालय समालेको केही दिनमै एक पछि अर्को गरी जनगुनासालाई सम्बोधन गर्न थालिएपछि मन्त्री लेखीले केही गर्ला भने मधेशको जनतामा आशा पलाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
अनुगमनका क्रममा म्याद गुज्रिएको बियरसहित अन्य सामाग्रि नष्ट
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै  गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
कर्मचारीहरुको आन्दोलन जारि, दोषी माथि कारवाहीको माग गर्दै पेन डाउन
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक
हत्या, बलात्कार गरि फरार तथा हतियारसहित  पक्राउ परेका चार अभियुक्त सार्वजनिक
मदन–आश्रित दिवसमा रक्तदान
मदन–आश्रित दिवसमा रक्तदान
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा
महायज्ञको पूर्व सन्ध्यामा कलश यात्रा
भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि