बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 

राजविराज राजविराज
|
बुधबार, जेठ १६, २०८१
|
|
१७ पटक हेरिएको
Shares
बजेटमा सप्तरीको सरकारी अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्र 

सारांश

  •     अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा जिल्लाको एक मात्र सरकारी अस्पतालको स्तरोन्ती र बहुप्रतिष्ठित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अगाडी बढाउन बजेट बिनियोजन गरेको उल्लेख गरेका छन् ।
  •       राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ५० शैयाबाट अब ५ सय शैयामा स्तरोन्नति हुने भएको छ ।
  • यस अस्पतालसहित मुलुकको कर्णाली, पोखरा, पाटन, राप्ती र वि.

नवीनकुमार गुप्ता
राजविराज, १६ जेठ । 

    आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट सप्तरी जिल्लाका स्वास्थ्य क्षेत्रको विकासमा केही सुखद रहने छ भने अन्य क्षेत्रको विकासमा शुन्य जस्तै रहको छ । 
    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमा जिल्लाको एक मात्र सरकारी अस्पतालको स्तरोन्ती र बहुप्रतिष्ठित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अगाडी बढाउन बजेट बिनियोजन गरेको उल्लेख गरेका छन् । 
    राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ५० शैयाबाट अब ५ सय शैयामा स्तरोन्नति हुने भएको छ । यस अस्पतालसहित मुलुकको कर्णाली, पोखरा, पाटन, राप्ती र वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी, डडेल्धुरा अस्पतालको समेत स्तरोन्नती हुने भएको छ ।
    यसअघि सो अस्पताल संचालन भएको समयदेखी नै ५० शैयामै सीमित छ । तत्कालिन स्वास्थ्य मन्त्री राजेन्द्र महतोले अस्पतालको नयाँ भवन उद्घाटन गरेपछि ३ सय शैयामा संचालन हुने भनिए पनि अस्पतालको स्तरोन्तरी हुन सकेको थिएन । 
    तत्कालिन सगरमाथा अंचल अस्पतालको नामबाट संचालन भएको यस अस्पताल नेपालमा गणतन्त्र स्थापना भएपछि नाम परिवर्तन गरि गजेन्द्र नारायण सिंह अस्पतालमा रुपान्तरण भएको थियो । हाल ५० शैयाको जिल्लाको एक मात्र सरकारी अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा पनि सो अनुसारको दक्ष जनशक्ति, उपकरण र दरबन्दीको अभाव कायमै रहेको छ । 
    यस्तै बजेट भाषणमै जिल्लाको सबै भन्दा बढी बहुप्रतिष्ठित परियोजना रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट पनि छुट्टयाएको जनाइएको छ ।  
    एक प्रदेश एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीति अनुसार २०७५ साल पुष १६ गते मन्त्री परिषदको बैठकले मधेश प्रदेशको राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागी २०७८ जेठ २१ गतेको मन्त्री परिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका १० विरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागी लिजमा दिने निर्णय गरेको थियो । जग्गाको टुङ्गो लागेपछि यही जग्गामा २०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुयल माध्यमबाट शिलान्यास गरेका थिए ।
    प्रतिष्ठानको पुर्वाधार तयारी विकास समिती कार्यालयको लागि आर्थिक वर्ष २०७५÷०७६ मा १६ करोड १० लाख रुपैया बजेट विनियोजन भएको थियो । जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको थियो भने १२ करोड ९३ लाख ५२ हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको थियो । कुल ११ अर्ब ९८ करोड रुँपैयाको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो । 
    यसअघि जिल्लाकै बहुप्रतिष्ठित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन माग गर्दैै विगत स्थानीयहरुले रिले अनशन समेत गरेका थिए । सोही अनशनप्रति समर्थन गर्दै सप्तरी युथ नेपालले तीन चरणको आन्दोलनको घोषणा पनि गरेको थियो । 
    तर, सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सीके राउतले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशको म्याद नै समाप्त भएको खुलासा गरेका थिए । उनले प्रतिष्ठान निर्माण प्रक्रिया बारे भ्रम फैलाइएको आरोप लगाउँदै सामाजिक संजालमा लेख्दै भनेका छन्, “प्रतिष्ठान निर्माणमा समय किन लाग्दैछ भने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठनादेशको म्याद २५ महिना मात्रै थियो र २०७८ सालमै समाप्त भइसकेको थियो । अर्थात् म निर्वाचित हुनु एक÷डेढ वर्ष अगाडि नै यो परियोजना बन्द भइसकेको थियो किनकी कसैले यसलाई नवीकरण गर्ने पहल गरेनन् ।” 
    सांसद डा. राउतले प्रतिष्ठान सम्बन्धी सबै प्रक्रिया अहिले ’जिरो’ बाट शुरू गर्नु परेको जनाउँदै नयाँ गठनादेश लेखाएर कानून मन्त्रालयबाट पास गरि त्यसलाई अर्थ मन्त्रालयबाट पास गर्दै, मन्त्री परिषद्मा लग्नु परेको उल्लेख गरेका छन् । उनले आफ्नो पहलमा नयाँ गठनादेश ’रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान २०८०’ लेखाएको दाबी समेत गरेका छन् । 
    उनले रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आ.व. २०७६÷७७ मा ४० करोड बजेट निकासा गरिएपनि उक्त बजेट फ्रिज भएको उल्लेख गरेका छन् । त्यस्तै आ.व. २०७७÷७८ मा ११ करोड बजेट खर्च गर्न नसकेपछि ४ करोड गजेन्द्र नारायण सिंह अस्पतालमा र ६ करोड ५० लाख रकमान्तर गरी अन्यत्र हालिएको तथा आ.व. २०७८÷७९ मा बजेट नरहेको (समितिको म्याद सकेर परियोजना बन्द भइसकेको) जानकारी पनि दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेस्तोलसहित तस्करीका मदिरा बरामद
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
वर्तमान सरकारले निरन्तरता पाइराखे भने आलोपालोमै  काँग्रेसको पनि पालो आउछ ः मन्त्री यादव
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण चैत ५ गते देखी  
दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
प्रदेश २ प्रहरी प्रमुखद्वारा झुटकी प्रहरी चौकी भवनको उद्घाटन
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
चुनावी मैदानमा चार पत्रकार
चुनावी मैदानमा चार पत्रकार
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा 
भन्सार छलेर ल्याइएको मोटरपार्टस र मोबिल प्रहरी नियन्त्रणमा 
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश 
प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई नियमित  कामकाज गर्न दिन अदालतको अन्तरिम आदेश