मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी

राजविराज राजविराज
|
मंगलबार, जेठ २२, २०८१
|
|
२९ पटक हेरिएको
Shares
मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी

सारांश

  •     मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने तयारी गरेको पूर्वसन्ध्यामा नेकपा एसले समर्थन फिर्ता लिएको हो ।
  •     नेकपा एस मधेश प्रदेशका संसदीय दलका नेता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका गोविन्द न्यौपानेले मंगलबार सरकारबाट समर्थन फिर्ता लिएको बताए ।
  • उनीसँगै सरकारमा श्रम तथा यातायात मन्त्री बेची लुंगेली सहभागि थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ जेठ ।

    नेकपा (एकीकृत समाजवादी) ले मधेस सरकारलाई दिएको समर्थन मंगलबार फिर्ता लिएको छ । समर्थन फिर्ता लिएपछि वर्तमान जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । 
    मुख्यमन्त्री सरोजकुमार यादवले बुधवार विश्वासको मत लिने तयारी गरेको पूर्वसन्ध्यामा नेकपा एसले समर्थन फिर्ता लिएको हो ।
    नेकपा एस मधेश प्रदेशका संसदीय दलका नेता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका गोविन्द न्यौपानेले मंगलबार सरकारबाट समर्थन फिर्ता लिएको बताए । उनीसँगै सरकारमा श्रम तथा यातायात मन्त्री बेची लुंगेली सहभागि थिए ।
    यसअघि मधेस प्रदेशसमा जसपा सरकार ढालेर जनमतको नेतृत्वमा नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्रसहित तीन दलले लिखित सहमति गरिसकेका छन् । नेकपा एस सरकारमा सहभागि रहेकोले मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनमा ढिलाई भएको थियो । 
    माओवादी केन्द्र, नेकपा एमाले र जनमतसहितको नयाँ गठबन्धनको सरकार बनाउन एकीकृत समाजवादीको वा लोसपामध्ये एक दलको समर्थन अनिवार्य छ । 
    एक सय ७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ जना सांसदको समर्थन आवश्यक छ । 
    नेकपा (एमाले)का सभामुखसहित २५, माओवादीको ९, जनमत पार्टीको १३ र एकीकृत समाजवादीका ७ जना सांसद रहेका छन । यसका साथै नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक÷एक सांसदले समेत जनमत नेतृत्वको सरकारलाई समर्थन गर्ने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले बताए ।
    उनका अनुसार नयाँ सरकारमा आलोपालो मुख्यमन्त्री बन्ने सहमती भएको छ । यद्यपि जनमतबाट कति समय मुख्यमन्त्री बन्ने भन्नेचाहिँ उनले खुलाएनन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?