दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
वैदेशिक रोजगारीबाट स्वदेश फर्केकाहरुका लागि पुनःएकीकरण गर्ने उद्देश्यले राजविराज नगरपालिकाको आयोजनामा सामुदायिक स्तरमा सन्देश फैलाउने उद्देश्यले जनचेतनामूलक ¥याली निकालिएको छ ।
रेमी परियोजना अन्तरगत “स्थानीय स्तरमा फिर्ति र पुनःएकीकरण योजना सन्देश फैलाउन सामुदायिक सत्र” नाराका साथ सो ¥याली सोमबार राजविराज वडा नं. १ मा निकालिएको हो ।
परियोजनाका रोजगार परामर्शकर्ता शिवबिलास यादवले वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका ५० वर्ष मुनीका व्यक्तिहरुलाई पुनःस्थापना गराउने परियोजनाको उद्देश्य रहेको बताए । उनले भने, “परियोजनाले सीप अनुसारकै रोजगारीका लागि परामर्श दिने कार्य गरिरहेको छ, रोजगारीका लागि विदेश गएका व्यक्तिहरुले केही सीप सिकेर फर्केका हुन्छन् । पुनः विदेश नजाने मनिस्थितिमा रहेकाहरुलाई सिकेकै सीप अनुसार स्थानीयस्तरमा रोजगारका लागि पुनःस्थापित गराउन मद्दत गर्छौं ।”
हाल विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क संकलन गर्ने कार्य जारि रहेको र सो तथ्याङ्क संकलन भएपछि उनीहरुको सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने लक्ष्य लिएको रोजगार संयोजक ज्योतिष यादवले बताए ।
राजविराज नगरपालिकाको सहयोगमा उक्त परियोजना हाल राजविराज नगरपालिका वडा नं. १ र ९ मा संचालनमा छ ।
आयोजित ¥यालीमा वडा नं. १ निमित्त वडाअध्यक्ष खेलानन्द यादव, रोजगार परामर्शकर्ता शिवबिलास यादव, रोजगार संयोजक ज्योतिष यादव, स्थानीयवासी महिला तथा पुरुषको सहभागिता थियो । सोही ¥याली आइतबार राजविराज वडा नं. ९ मा निकालिएको थियो ।
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने
सारांश
- रेमी परियोजना अन्तरगत “स्थानीय स्तरमा फिर्ति र पुनःएकीकरण योजना सन्देश फैलाउन सामुदायिक सत्र” नाराका साथ सो ¥याली सोमबार राजविराज वडा नं.
- १ मा निकालिएको हो ।
- परियोजनाका रोजगार परामर्शकर्ता शिवबिलास यादवले वैदेशिक रोजगारबाट सीप सिकेर फर्केका ५० वर्ष मुनीका व्यक्तिहरुलाई पुनःस्थापना गराउने परियोजनाको उद्देश्य रहेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया