प्रेस युनियनद्वारा महासंघमा धर्ना

राजविराज राजविराज
|
सोमबार, आषाढ १७, २०८१
|
|
२६ पटक हेरिएको
Shares
प्रेस युनियनद्वारा महासंघमा धर्ना

सारांश

  •     नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई सदस्यता विवाद समाधान गरी विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि जबरजस्ती रुपमा मतदाता नामावाली सार्वजनिक गरेको भन्दै प्रेस युनियन आन्दोलन गर्न बाध्य भएको हो ।
  •       यसै क्रममा प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्णको नेतृत्वमा सोमबार महासंघ सप्तरी शाखाको मूल गेट अगाडी धर्ना दिएको छ ।
  •       धर्नाका क्रममा अध्यक्ष कर्णले अलोकतान्त्रिक शैलीमा निर्वाचन गराउने प्रयत्न गरेको भन्दै शुक्रबार महासंघमा तालाबन्दी गरि धर्ना दिइएको जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १७ असार ।

    नेपाल प्रेस युनियनले आफ्नो आन्दोलनका कार्यक्रम अघि बढाउँदै सोमबार नेपाल पत्रकार महासंघको सबै शाखाहरुमा धर्ना दिएको छ ।  
    नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयलाई सदस्यता विवाद समाधान गरी विधान अनुसार निर्वाचन प्रक्रिया अघि बढाउन पटक–पटक आग्रह गर्दा पनि जबरजस्ती रुपमा मतदाता नामावाली सार्वजनिक गरेको भन्दै प्रेस युनियन आन्दोलन गर्न बाध्य भएको हो । 
    यसै क्रममा प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्णको नेतृत्वमा सोमबार महासंघ सप्तरी शाखाको मूल गेट अगाडी धर्ना दिएको छ । 
    धर्नाका क्रममा अध्यक्ष कर्णले अलोकतान्त्रिक शैलीमा निर्वाचन गराउने प्रयत्न गरेको भन्दै शुक्रबार महासंघमा तालाबन्दी गरि धर्ना दिइएको जनाएका छन् । 
    सदस्यता शुद्धिकरणको नाममा अधिकांश यूनियनका क्रियाशिल पत्रकार सदस्यहरुलाई हटाएर सार्वजनिक गरिएको नामावली स्वीकार्य नहुने भन्दै शाखाबाट नवीकरणका लागी सिफारिस नगरिएका सदस्यहरुले केन्द्रीय कार्यालयको सर्कुलर अनुसार प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिएपनि त्यसलाई नहेरी तथा उजुरी नदिएका केही सदस्यहरुलाई केन्द्रीय कार्यालयले एक पक्षीय रुपमा सदस्यता थप गरी निर्वाचन प्रक्रिया अघि बढाएकोले महासंघको सम्पूर्ण निर्वाचन प्रक्रिया अवैध रहेको ठहर गर्दै प्रेस यूनियन आन्दोलित भएको हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
राजपाले समाजावादी पार्टीसँग एकता नगरे अन्त्य हुने ः उपप्रम यादव  
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
कानुन व्यवसायीमाथी भएको प्रहरी दमनको बिरोधमा राजविराजका दुबै अदालतको कामकाज ठप्प
कारागार क्षेत्रमा कफ्र्यु आदेश
कारागार क्षेत्रमा कफ्र्यु आदेश
प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
प्रहरीले विशेष अभियान चलाएपछि भन्सार छलीका सामान बरामद हुँदै
सप्तरीका दुई पालिकामा गरिएको तालाबन्दी खोलियो
सप्तरीका दुई पालिकामा गरिएको तालाबन्दी खोलियो
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
कात्तिक १७ देखी मात्र उम्मेदवारले प्रचार प्रसार गर्न पाउने ः मुख्य निर्वाचन अधिकृत 
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
सार्वजनिक विदाका दिन सरकारी गाडीको दुरुपयोग, जनप्रतिनिधि चढेको सरकारी  गाडीको ठक्करबाट दुई जना गम्भिर
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति
मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार बनाउने पाँच दलबीच सहमति