महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 

राजविराज राजविराज
|
मंगलबार, श्रावण १, २०८१
|
|
२० पटक हेरिएको
Shares
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 

सारांश

  •     सो प्रतिवेदनमा अनियमित भएको रकम १२ करोड ५५ लाख ७ हजार ५ सय १३ रुँपैया, प्रमाणका कागजात पेश नभएको रकम ३८ करोड १३ लाख ५ हजार ६ सय ७५ रुँपैया तथा पेश्की रकम २३ लाख रुँपैया असुल उपर गर्नु पर्ने उल्लेख गरिएको छ ।
  •       यस्तै बेरुजु रकम ३२ करोड ४४ लाख १ हजार ७ सय ९३ रुँपैया ६२ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।
  •       सोही वर्ष पालिकाको ६ वटै वडामा कार्यालय सामानमा ८३ लाख २७ हजार रकम खर्च अनुपयुक्त देखिएको प्रतिवेदनले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ साउन । 

    सप्तरीको महादेवा गाउँपालिकामा गत आर्थिक वर्ष २०७९÷८० मा ३ करोड ७४ लाख ५ सय ८७ रुँपैया ६२ पैसा असुल गर्नुपर्ने अन्तिम लेखापरीक्षण प्रतिवेदनले देखाएको छ । 
    सो प्रतिवेदनमा अनियमित भएको रकम १२ करोड ५५ लाख ७ हजार ५ सय १३ रुँपैया, प्रमाणका कागजात पेश नभएको रकम ३८ करोड १३ लाख ५ हजार ६ सय ७५ रुँपैया तथा पेश्की रकम २३ लाख रुँपैया असुल उपर गर्नु पर्ने उल्लेख गरिएको छ । 
    यस्तै बेरुजु रकम ३२ करोड ४४ लाख १ हजार ७ सय ९३ रुँपैया ६२ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ ।  
    सोही वर्ष पालिकाको ६ वटै वडामा कार्यालय सामानमा ८३ लाख २७ हजार रकम खर्च अनुपयुक्त देखिएको प्रतिवेदनले जनाएको छ । उक्त प्रतिवेदनमा सो वर्ष मसलन्द तथा कार्यालय शीर्षकबाट ८३ लाख ३२ हजार र प्रिन्टर, कम्प्युटर, ल्यापटप मर्मत तथा ल्यापटप खरीद, संचार महसुल, अन्य कार्यालय संचालन खर्च शर्षिकबाट ९ लाख ८४ हजार २ सय ३० रुँपैयामा खरीद भएका मसलन्द तथा कार्यालय सामान प्रयोग र मौज्दातको सम्बन्धमा यकीन हुन नसकेको जनाइएको छ । 
    यस्तै पालिकाले गजेन्द्र नारायण सिंह अस्पताललाई कर्मचारीको लागि तलब भत्ता वापत ५ लाख ७० हजार भुक्तानी गरेको भन्दै उक्त भुक्तानी कार्यालयले आफ्नो क्षेत्र भन्दा बाहिरको निकायलाई अनुदान दिने कानुनी व्यवस्था नभएको प्रतिवेदनमा उल्लेख छ । सोही प्रतिवेदनमा कुन कर्मचारीको कति तलब भुक्तानी भएको र निजहरुको नियुक्ति सम्बन्धमा समेत यकिन नभएको उल्लेख छ । 
    सोही प्रतिवेदनमा गाउँपालिकाले उपभोक्ताबाट सडक निर्माणको काम गराउँदा विशिष्टीकृत नम्र्सको दर भन्दा बढी दर कायम गरी १७ लाख ८५ हजार २ सय ४ रुँपैया बढी भुक्तानी गरेको भन्दै उक्त रकम असुल गर्नुपर्ने जनाएको छ । सार्वजनिक खरीद नियमावली २०६४ को नियम १० मा निर्माण कार्यको लागत अनुमान तयार गर्दा स्वीकृत नम्र्स र जिल्ला दररेटको आधारमा तयार गर्नुपर्ने व्यवस्था रहेको जनाउँदै पालिकाले निर्माण कार्यको आफ्नो छुट्टै नम्र्स नभएको अवस्थामा सम्बन्धीत निर्माण कार्यका लागि नेपाल सरकारको विशिष्टीकृत निकायले तयार गरेको नम्र्सको प्रयोग नगरेको प्रतिवेदनमा उल्लेख छ । 
    यस्तै सोही प्रतिवेदनमा विभिन्न पत्रिकाहरुमा सिलबन्दी दरभाउ पत्र तथा अन्य सूचना प्रकाशनमा ८ लाख ७३ हजार पालिकाले भुक्तानी गरेको उल्लेख गरिएको छ । सो भुक्तानी पत्रिकामा ओगटने क्षेत्रफल (साइज) नखुलाई सूचना दिने गरेको र पत्रिकाहरुले आफूखुशी १ पेज सम्मको सूचना प्रकाशित, आफूखुशी अनावश्यक ठूलो साइजमा सूचना प्रकाशन गरेकोले सूचना प्रकाशनको बिलमा पेश गरेको दर कुन नम्र्सको आधारमा राखेको सो को नम्र्स पनि पेश नभएको भन्दै उक्त रकम सैद्धान्तिक बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 
डा. यादवको हत्यामा संलग्न रहेकाहरुलाई पक्राउ गरि कारवाहीको माग गर्दै प्रर्दशन 
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
उपचार खर्च जुटाउन समस्यामा परेकी निरसी खंगलाई सहयोग
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
शिविरबाट एक सय १७ जना  बुद्धबृद्धाले पाए दृष्टि
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
तिलाठीको को. बर्साइनमा वर्थिङ सेन्टर उद्घाटन
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित
राष्ट्रिय सभा सदस्य सिंह गृहगाउँमा सम्मानित
नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा रक्तदान 
नेपाल भारत मैत्री युवा संघ सप्तरीद्वारा रक्तदान 
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 
सहकारीहरुसँग समन्वयकारी भूमिकाका साथ  अगाडी बढ्ने ः प्रदेशसभा सदस्य यादव 
राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह
राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह