प्राधिकरणद्वारा ४ सय ४३ थान विद्युत मिटर निःशुल्क बितरण

राजविराज राजविराज
|
बिहिबार, बैशाख १२, २०७६
|
|
७० पटक हेरिएको
Shares
प्राधिकरणद्वारा ४ सय ४३ थान विद्युत मिटर निःशुल्क बितरण

सारांश

  •     नेपाल विद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको राजविराज वितरण केन्द्रले बुधबार कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा जिल्लाका अतिविपन्न परिवार तथा सांस्कृतिक महत्वका सम्पदा गरी ४ सय ४३ थान मिटर र सोही संख्यामा एमसिबीसमेत निःशुल्क वितरण गरेको हो ।
  •     सो अवसरमा प्राद्यिकरणका राजविराज वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले यसरी वितरण गरिएका उपकरण सम्बन्धित व्यक्तिको घर तथा मठ, मन्दिरमा प्राधिकरणकै कर्मचारी पुगेर निःशुल्क जडान समेत गरिदिने जानकारी दिए ।
  •     अतिविपन्न तथा सार्वजनिक महत्वका मठ, मन्दिर र मस्जिदलाई १ हजार ५ सय थान मिटर र एमसिबी वितरण गर्ने लक्ष्य लिएको प्राद्यिकरणले पहिलो चरणमा राजविराज नगरपालिकाका ९१, डाक्नेश्वरी नगरपालिकाका ३२, छिन्नमस्ता गाउँपालिकाका १ सय ६१, रुपनी गाउँपालिकाका १ सय १, विष्णुपुर गाउँपालिकाका २३ र तिलाठी कोइलाडी गाउँपालिकाका ३५ गरी कुल ४ सय ४३ थान मिटर र एमसिबी वितरण गरेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख । 
    नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रले अतिविपन्न परिवार तथा मठ, मन्दिर, मस्जिदलाई निःशुल्क विद्युत मिटर बितरण गरेको छ । 
    नेपाल विद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको राजविराज वितरण केन्द्रले बुधबार कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा जिल्लाका अतिविपन्न परिवार तथा सांस्कृतिक महत्वका सम्पदा गरी ४ सय ४३ थान मिटर र सोही संख्यामा एमसिबीसमेत निःशुल्क वितरण गरेको हो ।
    सो अवसरमा प्राद्यिकरणका राजविराज वितरण केन्द्रका प्रमुख चन्द्रनारायण साहले यसरी वितरण गरिएका उपकरण सम्बन्धित व्यक्तिको घर तथा मठ, मन्दिरमा प्राधिकरणकै कर्मचारी पुगेर निःशुल्क जडान समेत गरिदिने जानकारी दिए ।
    अतिविपन्न तथा सार्वजनिक महत्वका मठ, मन्दिर र मस्जिदलाई १ हजार ५ सय थान मिटर र एमसिबी वितरण गर्ने लक्ष्य लिएको प्राद्यिकरणले पहिलो चरणमा राजविराज नगरपालिकाका ९१, डाक्नेश्वरी नगरपालिकाका ३२, छिन्नमस्ता गाउँपालिकाका १ सय ६१, रुपनी गाउँपालिकाका १ सय १, विष्णुपुर गाउँपालिकाका २३ र तिलाठी कोइलाडी गाउँपालिकाका ३५ गरी कुल ४ सय ४३ थान मिटर र एमसिबी वितरण गरेको जनाएको छ ।
    जसमध्ये करिब ४ सय विपन्न परिवार छन् भने बाँकी सांस्कृतिक महत्वका सम्पदा छन । सम्बन्धित गाउँ र नगरपालिकाको सिफारिश तथा प्राद्यिकरणको टोलीद्वारा स्थलगत अध्ययनपछि निःशुल्क विद्युत उपकरण पाउने विपन्न समुदाय र सांस्कृतिक महत्वका मठ, मन्दिर, र मस्जिदको छनौट गरिएको प्रमुख साहको भनाई छ ।
    आयोजित कार्यक्रममा प्राधिकरणका जनकपुर क्षेत्रीय कार्यालय प्रमुख ओम प्रकाश महतो र राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले विद्युतीय उपकरण बितरण गरेका थिए ।
    यता विद्युत चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणले विद्युत चोरी गर्नेहरुबाट विगो र त्यसमा लाग्ने जरिवाना लगायतको असुलीबाट गत चैत महिनामा ५ लाख ७९ हजार ५ सय ६४ रुपैयाँ संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
आगलागीले आधा दर्जन घर नष्ट,  १७ लाख भन्दा बढीको क्षति
मर्मत सम्भारको माग गर्दै चक्काजाम
मर्मत सम्भारको माग गर्दै चक्काजाम
जसपा अध्यक्ष उपेन्द्र यादवबिरुद्ध  आफ्नै कार्यकर्ताले गरे प्रदर्शन
जसपा अध्यक्ष उपेन्द्र यादवबिरुद्ध  आफ्नै कार्यकर्ताले गरे प्रदर्शन
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
सीप अनुसारकै रोजगार प्रवद्र्धनका लागि परियोजनाले प्रोत्साहन गर्ने 
परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
प्रदेशका २० जना महिला खेलाडी बन्द प्रशिक्षणमा
महिलाबन्दीहरूसँग अधिकारकर्मीहरूले तीज मनाए
महिलाबन्दीहरूसँग अधिकारकर्मीहरूले तीज मनाए
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा
राजविराज नपाका हाकिम डेढ महिना  बढी समयदेखी कार्यालय आउँदैनन्, मेयर, दुई अधिकृत तथा एक लेखापाल समेत अनुपस्थित, सेवाग्राही मार्कामा