कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 

राजविराज राजविराज
|
शुक्रबार, श्रावण ४, २०८१
|
|
२६ पटक हेरिएको
Shares
कान्तिपुर सहकारीका सचिव तातेड पक्राउ, संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताद्वारा प्रहरीमा उजुरी 

सारांश

  •     उक्त प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले जनप्रतिनिधी समेत रहेका राजविराज ३ का प्रतिष्ठित औषधी ब्यवसायी सिद्धार्थ तातेडलाई पक्राउ गरेको हो ।
  •       विहीवार साँझ घरबाटै पक्राउ परेका तातेडलाई शुक्रवार सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा आपराधीक विश्वासघात मुद्दामा पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमती प्रदान गरेको छ ।
  •       बि.

दैनिक समाचारदाता
राजविराज, ४ साउन ।

    राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचतकर्ताले जम्मा गरेको दुई करोड भन्दा बढी रकम नपाएको भन्दै प्रहरीले संस्थाका संचालक समितिका सचिवलाई पक्राउ गरेको छ । 
    उक्त प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले जनप्रतिनिधी समेत रहेका राजविराज ३ का प्रतिष्ठित औषधी ब्यवसायी सिद्धार्थ तातेडलाई पक्राउ गरेको हो । 
    विहीवार साँझ घरबाटै पक्राउ परेका तातेडलाई शुक्रवार सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा आपराधीक विश्वासघात मुद्दामा पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमती प्रदान गरेको छ । 
    बि.स. २०८० साउन १९ गते बचतकर्ताको रकम फिर्ता नगरी संस्थाका सात जना संचालक सम्पर्कविहीन भएको भन्दै संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताले उनीहरु विरुद्ध प्रहरीमा उजुरी दिएका थिए । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले सात सदस्यीय संचालक समितीमध्ये अध्यक्ष बेचन यादव र अन्य ५ जना संचालक सदस्य भने अझै फरार रहेकोे जानकारी दिए । 
    संचालक समितीमाथी बचतकर्ताको १ करोड ३३ लाख २० हजार ८ सय २३ तथा संस्थाको ८८ लाख १७ हजार ६ सय ७७ गरी कुल २ करोड २१ लाख ३८ हजार ५ सय रुपैया घोटाला गरेको आरोप रहेको प्रहरीको भनाई छ । 
    अनुसन्धानको क्रममा अदालतबाट संचालक समितीका सबै सातै जना विरुद्ध पक्राउ पुर्जी जारी भएपछि तातेडलाई पक्राउ गरिएको र अन्य फरार आरोपितहरुको खोजी कार्य भईरहेको डिएसपी नेउपानेले बताए । 
    संचालक र कर्मचारी अचानक सम्पर्कविहीन भएको र लामो समयसम्म संस्थामा तालाबन्दी भएको देखेपछि बचत फिर्ताका लागी पहल गर्न माग गर्दै बचतकर्ताहरु प्रहरी समक्ष पुगेका थिए ।
    राजविराज नगरपालिका वडा नं. ३ का निर्वाचित वडा सदस्य तथा राजविराज जेसिजका पूर्व अध्यक्ष समेत रहेका तातेड कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.को संचालक समितीका सचिव हुन । 
    यसअघि विदेशबाट आईएमईमार्फत पठाइएको विभिन्न ग्राहकको गरी १ करोड ७६ लाख रुपैया लिएर आईएमइ संचालक राजविराजका चर्चित ब्यापारी दाजु÷भाई सुनिल सिन्धी र संजय सिन्धी फरार भएका थिए ।
    सिन्धी दाजु÷भाई अझै फरार छन । अघिल्लो वर्ष शाखा नै बन्द गरी फरार भएका सिन्धी दाजु÷भाइ भारतमा लुकेर बसेका हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले सिन्धी दाजु÷भाइको पनि खोजी कार्य तिब्र बनाइएको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह