पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त

राजविराज राजविराज
|
बुधबार, श्रावण ९, २०८१
|
|
२१ पटक हेरिएको
Shares
पूर्वसभापति खतिवडाका छोरी, ज्वाई  र नातीको जहाज दुर्घटनामा मृत्यु,  पत्रकार सम्बद्ध संघसंस्थाद्वारा दुःख व्यक्त

सारांश

  •     बुधबार बिहान ११ बजेतिर काठमाडौंस्थित त्रिभुवन विमानस्थल नजिकै भएको दुर्घटनामा उनका २५ वर्षिया छोरी प्रिजा, ३० वर्षिय ज्वाई मनुराज शर्मा र ४ वर्षिय नाती अधिराजको मृत्यु भएको हो ।
  •       मनुराज सौर्य एयरलाइन्समा प्राविधिक पदमा कार्यरत थिए ।
  • प्रिजा भने उर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् ।

दैनिक समाचारदाता
राजविराज, ९ साउन ।

    सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष प्रकाश खतिवडाका छोरी, ज्वाई र नाबालक नातीको मृत्यु भएको छ । 
    बुधबार बिहान ११ बजेतिर काठमाडौंस्थित त्रिभुवन विमानस्थल नजिकै भएको दुर्घटनामा उनका २५ वर्षिया छोरी प्रिजा, ३० वर्षिय ज्वाई मनुराज शर्मा र ४ वर्षिय नाती अधिराजको मृत्यु भएको हो । 
    मनुराज सौर्य एयरलाइन्समा प्राविधिक पदमा कार्यरत थिए । प्रिजा भने उर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् । मनुराज जहाज मेन्टिनेन्स (मर्मत) कार्यका लागि अन्य प्राविधिकसहितको टोलीमा पोखरा जान लागेपछि पत्नी प्रिजालाई कार्यलयबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर पोखरा घुम्न लादै थिए । 
    काठमाडौंबाट पोखराका लागि उडेको सो विमान ग्राउण्ड छाड्ने बित्तिकै अनियन्त्रित भई दुर्घटनामा परेको थियो । 
    दुर्घटनामा विमानमा सवार १९ जना मध्ये १८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाइलट मनिष शाक्यलाई जिवितै अवस्थामा उद्धार गरि उपचारका लागि केएमसी अस्पताल भर्ना गरिएको छ । 
    यसैबीच पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देव, कोषाध्यक्ष नवीन गुप्ता, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, खेलकुद पत्रकार मञ्च सप्तरीका अध्यक्ष मनोज कुमार माझी, महासंघका पूर्व सभापति एवं प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य सतिश कुमार दत्तले छुट्टाछुट्टै शोक वक्तव्य मार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिंवंगत आत्माको चिरशान्ति एवं शोकाकुल परिवारजनलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
बालवालिकाहरूको स्वास्थमा सुधार तथा मृत्युदर घटाउनुपर्नेमा जोड
बालवालिकाहरूको स्वास्थमा सुधार तथा मृत्युदर घटाउनुपर्नेमा जोड
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
सरकारले तराई मधेसको विकासका लागि विभिन्न  क्षेत्रमा काम अघि बढाएको छ ः प्रम ओली
आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
नेपाल सहकारीको १७ औं वार्षिक साधारण सभा सम्पन्न, सात सदस्यी संचालक समिति गठन
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
असोज ३ लाई सरकारी स्तरबाट उत्सव, मोर्चाद्वारा कालो दिवस
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
पक्राउ परेका मण्डल थप आधा दर्जन अपराधमा संलग्न रहेको प्रहरीको खुलासा
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
टिपरको ठक्करबाट एक  महिलासहित दुई भारतीयको  मृत्यु, आधा दर्जन घाइते
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात