सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका तातेड जेल चलान

राजविराज राजविराज
|
बिहिबार, श्रावण १७, २०८१
|
|
२१ पटक हेरिएको
Shares
सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका तातेड जेल चलान

सारांश

  •     न्यायाधिश संजिव पोखरेलको एकल इजलाशले थुनछेक बहस सकिएपछि तातेडलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारि गरेको हो ।
  •       सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको दुई करोड भन्दा बढी रकम नपाएको भन्दै प्रहरीमा उजुरी गरेपछि उक्त संस्थाका संचालक समितिका सचिव तातेडलाई गत साउन ३ गते पक्राउ गरिएको थियो ।
  • त्यसपछि सहकारीको रकम ठगि तथा आपराधिक विश्वासघात मुद्दामा प्रहरीले पाँच÷पाँच दिन गरि दुई पल्ट अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न थप म्याद र अनुमति प्राप्त गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १७ साउन ।

    कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव सिद्धार्थ तातेडलाई जिल्ला अदालत सप्तरीले पूर्पक्षका लागि बिहीबार जेल चलान गरेको छ । 
    न्यायाधिश संजिव पोखरेलको एकल इजलाशले थुनछेक बहस सकिएपछि तातेडलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश जारि गरेको हो । 
    सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको दुई करोड भन्दा बढी रकम नपाएको भन्दै प्रहरीमा उजुरी गरेपछि उक्त संस्थाका संचालक समितिका सचिव तातेडलाई गत साउन ३ गते पक्राउ गरिएको थियो । त्यसपछि सहकारीको रकम ठगि तथा आपराधिक विश्वासघात मुद्दामा प्रहरीले पाँच÷पाँच दिन गरि दुई पल्ट अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्न थप म्याद र अनुमति प्राप्त गरेको थियो । तेश्रो पटकको थुनछेक बहसमा तातेडको तर्फबाट अधिवक्ता महेन्द्र चौधरी, शिवकुमार चौधरी, अशोक चौधरी र नवराज क्षेत्रीले बहस गरेका थिए । यस्तै जाहेरवालाको तर्फबाट सरकारी वकिलका साथै अधिवक्ता हेमनारायण चौधरी र सुरेश सिंहले बहस पैरवी गरेका थिए । 
    बि.स. २०८० साउन १९ गते बचतकर्ताको रकम फिर्ता नगरी संस्थाका सात जना संचालक सम्पर्कविहीन भएको भन्दै संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताले तातेडसहित सातै जनाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । 
    संचालक समितीमाथी बचतकर्ताको १ करोड ३३ लाख २० हजार ८ सय २३ तथा संस्थाको ८८ लाख १७ हजार ६ सय ७७ गरी कुल २ करोड २१ लाख ३८ हजार ५ सय रुपैया अपचलन गरेको आरोप रहेको प्रहरीको भनाई छ । 
    संचालक र कर्मचारी अचानक सम्पर्कविहीन भएको र लामो समयसम्म संस्थामा तालाबन्दी भएको देखेपछि बचत फिर्ताका लागी पहल गर्न माग गर्दै बचतकर्ताहरु प्रहरी समक्ष पुगेका थिए ।
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले सात सदस्यीय संचालक समितीमध्ये अध्यक्ष बेचन यादव र अन्य ५ जना संचालक सदस्य भने अझै फरार रहेकोे जानकारी दिए । 
    अनुसन्धानको क्रममा अदालतबाट संचालक समितीका सबै सातै जना विरुद्ध पक्राउ पुर्जी जारी भएपछि तातेडलाई गत साउन ३ गते पक्राउ गरिएको थियो । अन्य फरार आरोपितहरुको खोजी कार्य भईरहेको डिएसपी नेउपानेले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिद तथा बेपत्ता परिवार सम्मानित 
सहिद तथा बेपत्ता परिवार सम्मानित 
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
विश्व हिन्दू परिषद् नेपालकोे राष्ट्रिय कार्य समिति पुर्नगठन
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
दाईजो दिने रकमबाट बेहुलीले बाँडिन् विपन्न महिला, बालबालिकालाई लत्ताकपडा
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
प्रयागराजको महाकुम्भमा सप्तरीका एउटै पालिकाका दुई महिला सम्पर्क विहिन
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
सप्तरी प्रिमियर लिगमा बजाज खडक  वारियर्स र रुपनी राइडर्स विजयी
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
भगवान रामको प्राण प्रतिष्ठा गर्ने दिन सप्तरीको डाक्नेश्वरी र शम्भुनाथ नपामा बिदा
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु