चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय

राजविराज राजविराज
|
मंगलबार, भाद्र ४, २०८१
|
|
३० पटक हेरिएको
Shares
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय

सारांश

  •     दुई पटक शिलबन्दी टेन्डर आह्वान गरेर ठेक्का लगाउन खोजिएको भन्दै उक्त कदमको चर्को बिरोध भएको हो ।
  •       राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादवको नेतृत्वमा मंगलबार चर्को नाराबाजी गर्दै नगरपालिका कार्यालय पुगेको एक समूहले विगत भन्दा कम दरमा तथा आफन्तलाई ठेक्का दिन खोजेको भन्दै चर्को बिरोध जनाएपछि कार्यवाहक नगरप्रमुख इसरत परविन, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ, योजना शाखाका अधिकृत मनोज यादवलगायतको सहमतिमा डाक बढाबढ प्रक्रियाबाट ठेक्का लगाउने निर्णय भएको जनाइएको छ ।
  •       खुल्ला रुपमा डाक बढाबढ प्रक्रिया बुधबार गरिने तयारी भएको र यस बारे विभिन्न प्रचार माध्यमबाट सबैमा जानकारी पु¥याउने प्रमुख प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।

    राजविराज हटिया–गुद्रि ठेक्का सम्बन्धमा मंगलबार भएको चर्को बिरोधपछि राजविराज नगरपालिकाले रद्द गर्दै खुल्ला डाक बढाबढबाट ठेक्का लगाइने भएको छ । 
    दुई पटक शिलबन्दी टेन्डर आह्वान गरेर ठेक्का लगाउन खोजिएको भन्दै उक्त कदमको चर्को बिरोध भएको हो । 
    राजविराज नगरपालिकाका निलम्बित मेयर भिमराज यादवको नेतृत्वमा मंगलबार चर्को नाराबाजी गर्दै नगरपालिका कार्यालय पुगेको एक समूहले विगत भन्दा कम दरमा तथा आफन्तलाई ठेक्का दिन खोजेको भन्दै चर्को बिरोध जनाएपछि कार्यवाहक नगरप्रमुख इसरत परविन, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ, योजना शाखाका अधिकृत मनोज यादवलगायतको सहमतिमा डाक बढाबढ प्रक्रियाबाट ठेक्का लगाउने निर्णय भएको जनाइएको छ । 
    खुल्ला रुपमा डाक बढाबढ प्रक्रिया बुधबार गरिने तयारी भएको र यस बारे विभिन्न प्रचार माध्यमबाट सबैमा जानकारी पु¥याउने प्रमुख प्रशासकीय अधिकृत गुरुङले जानकारी दिए । 
    उक्त ठेक्काका लागि यसअघि नगरपालिकाले दुई पटक शिलबन्दी टेन्डर आह्वान गरेको थियो । गत आ.ब. २०८०÷८१ मा ६७ लाखमा लागेको उक्त ठेक्का यस पल्ट कम दर रेटमा आफन्तलाई दिन खोजिएको र यसबाट नगरपालिकालाई आर्थिक रुपमा घाटा हुने भन्दै हाल निलम्बित अवस्थामा रहेको मेयर यादवसहितको टोलीले नगरपालिकाका जिम्मेवार जनप्रतिनिधि तथा अधिकारी समक्ष आक्रोसित हुँदै बिरोध जनाएपछि नगरपालिकाले पुरानो निर्णय सच्याउँदै खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय गरेको बताइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिए
एक महिला स्वास्थ्यकर्मीसहित ७ जना कोरोना संक्रमित थपिए
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
गाउँपालिकाको बेथिति र भ्रष्टाचार  बिरुद्ध बिरोध सभा सम्पन्न
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन
लोसपाका केन्द्रिय सदस्य राजाबाबुको निधन
मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
मधेसले सिङ्गो देशलाई पाल्ने तागत बोक्न  सक्ने बनाउने काँग्रेस सभापति थापाको प्रतिज्ञा
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
नेपाल प्रहरी १४ स्वर्ण जित्दै प्रथम बर्दिया दोश्रो तथा सेना, कंचनपुर र सप्तरी तेश्रो 
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
अति विपन्न कोभिड प्रभावित परिवारलाई राहत प्रदान
अति विपन्न कोभिड प्रभावित परिवारलाई राहत प्रदान
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी
आर्थिक अनियमितता भएको भन्दै  सप्तकोशी नगरपालिकामा तालाबन्दी