स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
२१ पटक हेरिएको
Shares
स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण

सारांश

  •     ए.
  • ई.
  • आई.

दैनिक  समाचारदााता
राजविराज, १४ भदौ । 

    स्थानिय र राष्ट्रिय अनुकुलन योजना सम्बन्धी अभिमुखीकरण र कार्यशाला गोष्ठी संचालन भएको छ ।
    ए.ई.आई.एन लक्जेम्वर्गको आर्थिक साझेदारी तथा ग्रामीण मुखी युवा अभियान नेपालद्धारा संचालित सक्षम सप्तरी परियोजना अन्र्तगत राजविराजमा सो अभिमुखीकरण र कार्यशाला गोष्ठी संचालन भएको हो । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको समन्वयमा संचालन गरेको अभिमुखीकरण र कार्यशाला गोष्ठीमा स्थानीय तहका विपद् व्यवस्थापन समितिका सदस्यहरुलाई दुई दिने तालिम गरी उनीहरुको स्थानिय अनुकुल कार्ययोजना तयारी सम्बन्धि क्षमता अभिबृद्धि गर्ने, नेपाल सरकारको राष्ट्रिय अनुकुल ओजना तथा स्थानिय अनुकुलन कार्ययोजनाको ढाँचाको बारेमा जानकारी दिने, गाउँपालिकाको स्थानिय अनुकुलन कार्ययोजना तर्जुमा गर्नको लागि चाहिने स्थानिय र सन्र्दभ–विशिष्ट जानकारीहरु संकलनका लागि आवश्यकता विधि, सामाग्री तथा प्रकृयाको बारेमा जानकारी दिने र तालिमका सहभागीहरुलाई स्थानिय अनुकुलन कार्ययोजना तयारीको लागि मार्गदर्शन र सहयोग गर्ने जस्ता उदेश्यसहित तालिम दिइरहेको छ । 
    तलाठी कोइलाडी गाउँपालिकामा ३० बर्ष पहिला भएको बाढी, पहिरो, हावाहुरी, बर्षा, तापक्रम फेरबदल र अहिलेको अवस्था बिश्लेषण र तथ्याङक संकलन गरेर सो तथ्याङकको आधारमा निर्माण गरि पालिकाको सवै वडाले तयार गरि अधियन गर्ने रोयम नेपालका जिल्ला संयोजक ओमप्रकाश चौधरीले जानकारी दिए ।
    तिलाठी कोइलाडी गाउँपालिकाका वडा नं. १ देखि ८ वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिभिन्न बिषयगत प्रमुख तथा कर्मचारी र ८ वटै वडाबाट एक÷एक जना समाजसेवी स्थानिय जानकार ब्यक्तिहरुसहित ३१ जनाको सहभागिता रहेको छ ।
    उक्त अभिमुखीकरण र कार्यशाला गोष्ठीको सहजिकरण भने डा. सुनित अधिकारी र मेरिना सापकोटोले गरिरहेका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ को माटो परीक्षण प्रयोगशाला राजविराजमा स्थापना, माटो परीक्षण गर्न घुम्ती सेवा आरम्भ
प्रदेश २ को माटो परीक्षण प्रयोगशाला राजविराजमा स्थापना, माटो परीक्षण गर्न घुम्ती सेवा आरम्भ
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
प्रअ झाको निधनले गाउँपालिका मर्माहत
प्रअ झाको निधनले गाउँपालिका मर्माहत
राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी 
राजविराज ३ ले हात पार्‍यो राजबिराज प्रिमियर लिगको उपाधी 
हात्तीद्वारा पाँच घरमा तोडफोड
हात्तीद्वारा पाँच घरमा तोडफोड
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी
मौसमका कारण मन्दिरहरूमा भक्तजनको कमी
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन
मन्त्री साहद्वारा विद्यालय भवन उद्घाटन
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
खुल्ला सीमा नेपालका लागि वरदान ः वरिष्ठ नेता महतो
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति