सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए

राजविराज राजविराज
|
बिहिबार, आश्विन ३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए

सारांश

  •     जिल्ला समन्वय समिति सप्तरी ९ औं राष्ट्रिय संविधान दिवसलाई विभिन्न कार्यक्रमसहित तीन दिवसीय उत्सवको रुपमा मनाइ रहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी र स्वाधिन मधेश जनअभियान सप्तरीले आफ्नो माग सम्बोधन नगरि संविधान जारि भएको भन्दै बिरोध प्रदर्शन गरेका छन् ।
  •       जिल्ला समन्वय समिति सप्तरीले तीन दिवसीय कार्यक्रम अन्तरगत बिहीबार संविधान दिवस सफल पारौं, घर घरमा दिपावली र राष्ट्रिय झण्डा फहराऔं नारासहित राजविराजमा प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो ।
  •       जिल्ला समन्वय समितिको कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी बजारका मुख्य भागको परिक्रमा गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज ।

    संविधान जारि भएको दिन असोज ३ लाई सप्तरी जिल्लामा कतै उत्सव त कतै बिरोधको रुपमा मनाइएको छ ।    
    जिल्ला समन्वय समिति सप्तरी ९ औं राष्ट्रिय संविधान दिवसलाई विभिन्न कार्यक्रमसहित तीन दिवसीय उत्सवको रुपमा मनाइ रहँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी र स्वाधिन मधेश जनअभियान सप्तरीले आफ्नो माग सम्बोधन नगरि संविधान जारि भएको भन्दै बिरोध प्रदर्शन गरेका छन् । 
    जिल्ला समन्वय समिति सप्तरीले तीन दिवसीय कार्यक्रम अन्तरगत बिहीबार संविधान दिवस सफल पारौं, घर घरमा दिपावली र राष्ट्रिय झण्डा फहराऔं नारासहित राजविराजमा प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो । 
    जिल्ला समन्वय समितिको कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरी बजारका मुख्य भागको परिक्रमा गरेको थियो । ¥यालीमा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविन, प्रहरी उपरिक्षक गजुसिद्धि बज्राचार्यका साथै कर्मचारी, प्रहरी र सेनाको उल्लेख्य सहभागिता थियो । 
    नगर परिक्रमा पश्चात् आयोजित प्रवचन् कार्यक्रमका सहभागि वक्ताहरुले संविधान दिवस औपचारिक सरकारी कार्यक्रम मात्र नभएर आमजनताको उत्सव भएको बताएका थिए । 
    यता बिहीबारै जनमत पार्टी सप्तरीका इन्चार्ज रामगमन साहको नेतृत्वमा पार्टी कार्यालयबाट निस्केको जुलुस “संविधान संशोधन गर, समाजिक लोकतन्त्र कायम गर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गर” लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । 
    यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, जनमत पार्टी र स्वाधिन मधेश जनअभियान सप्तरीले आफ्ना माग सम्बोधन नगरि संविधान जारि भएको भन्दै छुट्टाछुट्टै बिरोध प्रदर्शन गरेका छन् । 
    लोसपाका जिल्ला अध्यक्ष सुनिल झाको अगुवाईमा “असोज ३ कालो दिन” लेखिएको ब्यानरसहित बिरोध प्रदर्शन गरिएको छ । हात र टाउँकोमा कालोपट्टी बाँधेर गरिएको बिरोध प्रदर्शनमा लोसपाका केन्द्रिय नेता जयप्रकाश ठाकुर, राजविराज नगरपालिका निवर्तमान मेयर शम्भुप्रसाद यादव, निर्वतमान उपमेयर साधना झाका साथै सयौं नेता कार्यकर्ता सहभागि भए । 
    यसैगरि कैलाश महतो नेतृत्वको स्वाधिन मधेश जनअभियान सप्तरीले पनि असोज ३ कालो दिन नारासहित बिरोध प्रदर्शन गरेका छन् । 
    बिहीबार नै जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीका अध्यक्ष केदार यादवको अध्यक्षतामा संविधान संशोधन विषयक विचार गोष्ठीको आयोजना गरिएको छ । गोष्ठिका सहभागिहरुले वर्तमान संविधानमा जनताको भावना नसमेटिएको भन्दै संविधानमा देखिएको त्रृटी सच्याउनु पर्ने माग गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
रुपनी–राजविराज सडक निर्माण कार्य सुरु
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
महिला फाउण्डेशनद्वारा नवनिर्वाचितलाई सम्मान
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
सप्तरीमा २७ जनामा कोरोना  पुष्टिसँगै संक्रमितको संख्या ७६ पुग्यो
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै छिन्नमस्तामा प्रदर्शन
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
ताला खोल्ने विषयमा सप्तकोशी नगरपालिकामा तोडफोड, एक वडा अध्यक्षसहित दुई घाइते
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
अग्निपीडित झालाई राहत प्रदान
अग्निपीडित झालाई राहत प्रदान
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
छठ पर्व आजबाट विधिवत् सुरु
छठ पर्व आजबाट विधिवत् सुरु