सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा

राजविराज राजविराज
|
मंगलबार, पौष २३, २०८१
|
|
४० पटक हेरिएको
Shares
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा

सारांश

  •     सहकारी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका तातेड सप्तरी जिल्ला अदालतका न्ययाधिश तिलक बहादुर कार्कीको रोहबरमा पीडित पक्षहरुले मुद्दा फिर्ता तथा मिलापत्र प्रमाणित भएपछी मंगलबार जेलमुक्त भएका हुन् ।
  •       मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कानुन व्यवसायी अशोक चौधरी, डाक्नेश्वरी नगरपालिका वडा नं.
  • ९ का वडाअध्यक्ष कर्णदेव चौधरी तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको उपस्थितिमा दुबै पक्ष मुद्दा मिलापत्र गरेपछि न्यायाधिश कार्कीको रोहबरमा मिलापत्र प्रमाणित भएसँगै तातेडको रिहा भए ।

दैनिक समाचारदाता
राजविराज, २३ पुस ।

    राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सचिव सिद्धार्थ तातेड पीडितहरुको बचत फिर्ता गर्ने सहमति भए पश्चात् ६ महिनापछी जेलमुक्त भएका छन् । 
    सहकारी ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका तातेड सप्तरी जिल्ला अदालतका न्ययाधिश तिलक बहादुर कार्कीको रोहबरमा पीडित पक्षहरुले मुद्दा फिर्ता तथा मिलापत्र प्रमाणित भएपछी मंगलबार जेलमुक्त भएका हुन् । 
    मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कानुन व्यवसायी अशोक चौधरी, डाक्नेश्वरी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष कर्णदेव चौधरी तथा उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालको उपस्थितिमा दुबै पक्ष मुद्दा मिलापत्र गरेपछि न्यायाधिश कार्कीको रोहबरमा मिलापत्र प्रमाणित भएसँगै तातेडको रिहा भए । 
    राजविराज नगरपालिकाका वडा नं. ३ का वडा सदस्य समेत रहेका तातेडलाई बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साउन ३ गते पक्राउ गरेको थियो । साउन १७ गते जिल्ला अदालत सप्तरीका न्यायाधिश संजिव पोखरेलको एकल इजलाशले थुनछेक बहस सकिएपछि तातेडलाई पूर्पक्षका लागि कारागारमा राख्ने आदेश गरेको थियो । 
     सो संस्थामा जम्मा गरेको बचतकर्ताको करिब डेढ करोड रकम हिनामिना गरेको आरोपसहित अध्यक्ष बेचन यादव र सचिव तातेडसहित १२ जनालाई प्रतिवादी बनाई प्रहरीले सप्तरी जिल्ला अदालतमा आरोपपत्र दायर गरेको थियो । 
    ४९ जना बचतकर्ताको संयुक्त जाहेरीले बादी नेपाल सरकार भई उठान भएको मुद्दामा त्यती बेला प्रहरी तातेडलाई मात्र पक्राउ गर्न सफल भएको थियो । अन्य आरोपित फरार रहेको प्रहरीले जनाउँदै आएको थियो । 
    संचालक र कर्मचारी अचानक सम्पर्कविहीन भएको र लामो समयसम्म संस्थामा तालाबन्दी भएको देखेपछि बचत फिर्ताका लागी पहल गर्न माग गर्दै बचतकर्ताहरु प्रहरी समक्ष पुगेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह