हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया

राजविराज राजविराज
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
४२ पटक हेरिएको
Shares
हँसिया छाती र कलेजो छेर्दै पेटसम्म पुगेको बालकको सफल शल्यक्रिया

सारांश

  •     एक बालकको ठूलो आन्द्रामा देखिएको डियु.
  • फर (आन्द्रामा घाँउ र ट्युमर) को सफल शल्यक्रिया गरेको सात दिन नबित्दै अर्को जटिल प्रकृतीको शल्यक्रियामा समेत सफलता पाएको हो ।
  •       कचियाँ हँसिया (घाँस काट्न प्रयोग गरिने) छातीबाट पेटमा चिरी सिकिस्त भएका एक बालकको यस अस्पतालका चिकित्सकहरुले शुक्रबार जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् ।

दैनिक समाचारदाता 
राजविराज, २७ बैशाख । 
    आवश्यक दक्ष जनशक्ति र उपकरण थपिँदै गएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सकले एकपछि अर्को गम्भिर प्रकृतीका बिरामीको उपचारमा सफलता पाउँदै आएका छन् । 
    एक बालकको ठूलो आन्द्रामा देखिएको डियु.फर (आन्द्रामा घाँउ र ट्युमर) को सफल शल्यक्रिया गरेको सात दिन नबित्दै अर्को जटिल प्रकृतीको शल्यक्रियामा समेत सफलता पाएको हो । 
    कचियाँ हँसिया (घाँस काट्न प्रयोग गरिने) छातीबाट पेटमा चिरी सिकिस्त भएका एक बालकको यस अस्पतालका चिकित्सकहरुले शुक्रबार जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन् । विगतमा आफ्नो साख गुमाउँदै गएको यस अस्पतालमा केही समययता दक्ष जनशक्ति, प्रविधि तथा उपकरणको सुविधा भएपछि अस्पतालप्रति जनविश्वास बढेको छ ।

    घटना विवरण अनुसार सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही विरपुरका बिनय रायका ८ वर्षिय छोरा इनरजित बिहीबार साँझ घरको आंगनमा खेल्दै गर्दा अचानक लड्दा आंगनमा राखिएको कचिया हसिया उनको छाती हुँदै पेटसम्म छिरेको थियो । आफन्तले तत्कालै उनलाई गम्भिर अवस्थामा जसोतसो स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालसम्म पु¥याएका थिए । 
    अस्पतालका डा. राजिव मिश्रा (सर्जन) को नेतृत्वमा डा. पारसमणि साह, डा. उदित चौधरी, डा. आदित्य मिश्रासहितको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बालकको उपचार गरेका हुन् । छाती हुँदै पेटसम्म छिरेको हसिया निकाल्न डा. मिश्राको नेतृत्वको टोलीले छाती र पेट दुबैको शल्यक्रिया गर्न करिब चार घण्टा समय लागेको अस्पतालले जनाएको छ ।  
    टोलीको नेतृत्व गरेका डा. मिश्रले हँसिया छातीको करंङ्गहुँदै देब्रेपट्टीको कलेजोलाई पनि छेर्दै पेटसम्म पुगेको तर, समयमै बालकलाई अस्पताल ल्याइएकोले ज्यान जोगाउन सफल भएको बताए । 
    यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले प्रबिधी, उपकरण र दक्ष जनशक्ति थपिदै गएपछि अस्पतालबाट जटिल रोगको उपचार र शल्यक्रियामा सफलता मिल्दै गएको बताए । उनले यस्ता गम्भीर प्रकृतीको शल्यक्रिया यस अस्पतालबाट दोश्रो पटक गरिएको बताए । यसअघि अस्पतालमै एक बालकको ठूलो आन्द्रामा देखिएको डियु.फर (आन्द्रामा घाँउ र ट्युमर) को जोखीमपूर्ण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
रुपनी गाउँपालिकाले ल्यायो ४८ करोड ४३ लाखको बजेट
पहिलो पटक बिजुलीबत्ति बलेपछि गाउवासी हर्षित  
पहिलो पटक बिजुलीबत्ति बलेपछि गाउवासी हर्षित  
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय
हितनारायण लाल दासलाई वैद्य–प्रकाश मानव अधिकार पुरस्कार प्रदान गर्ने निर्णय
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
संविधान दिवसलाई लोसपा र  जसपाले कालो दिनका रुपमा मनाए
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
कोरोना संक्रमित शुन्य रहेको  सप्तरीमा एक विद्यार्थी संक्रमित
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुने ः मन्त्री विश्वकर्मा
ग्लोबलमा ९० प्रतिशत महिला सदस्य
ग्लोबलमा ९० प्रतिशत महिला सदस्य
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
लालुलाई खोज्दै शसस्त्रको गोताखोर, बाढीले पुल ढल्दा तीन दिनदेखी आवागमन ठप्प
नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह