दैनिक समाचारदाता
सिरहा, २६ पुस ।
सिरहाको धनगढीमाई नगरपालिकामा “धनगढीमाई नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच“ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगरप्रमुख शिवशंकर महतोले दलित समुदायको विकास र सशक्तीकरणका लागि पालिकाले प्रयास गरिरहेको र आगामी दिनमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नगरप्रमुख महतोले बजेट निर्माणमा दलित समुदायको सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै पालिकाले हालसम्म मुसहर समुदायलाई लक्षित गर्दै करार खेती आयोजना सञ्चालन, किसानहरूलाई मोटर वितरण, र चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि जनसंख्याको अनुपातमा बजेट विनियोजन गर्न नसकिएको स्वीकार गरे । कार्यक्रममा नगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले बालविवाह मुक्त नगर घोषणाका लागि दलित समुदायका छोरीहरूलाई २० वर्षपछि विवाह गर्दा १० हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी गराइन् । उनले दलित समुदायका नेताहरू बजेट निर्माण र नीतिगत सुधारमा पर्याप्त सक्रिय नभएकोले पनि दलित लक्षित बजेट न्यून रहेको बताइन् ।
कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानको अध्यक्षतामा अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो । संयोजक मनिष कोइराला र सुशिन्द्र पासवानले प्रस्तुत गरेको प्रतिवेदनमा धनगढीमाई नगरपालिकामा दलित समुदायको बजेट, नीति र कार्यक्रममा पहुँचको अवस्था विवरण प्रस्तुत गरिएको थियो । सहभागीहरूले पालिकाको उत्तरदायित्वलाई प्रभावकारी बनाउन यस्ता कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा राखे ।
स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समिति धनगढीमाईका संयोजक टिकाराम विश्वकर्माको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नगरपालिका सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, अनुगमन समितिका सदस्य, पत्रकार समेतको सहभागिता रहेको थियो ।
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता
सारांश
- कार्यक्रममा नगरप्रमुख शिवशंकर महतोले दलित समुदायको विकास र सशक्तीकरणका लागि पालिकाले प्रयास गरिरहेको र आगामी दिनमा थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
- नगरप्रमुख महतोले बजेट निर्माणमा दलित समुदायको सक्रिय सहभागिताको आवश्यकता औंल्याउँदै पालिकाले हालसम्म मुसहर समुदायलाई लक्षित गर्दै करार खेती आयोजना सञ्चालन, किसानहरूलाई मोटर वितरण, र चेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि जनसंख्याको अनुपातमा बजेट विनियोजन गर्न नसकिएको स्वीकार गरे ।
- कार्यक्रममा नगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीले बालविवाह मुक्त नगर घोषणाका लागि दलित समुदायका छोरीहरूलाई २० वर्षपछि विवाह गर्दा १० हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम ल्याएको जानकारी गराइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया