समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी

राजविराज राजविराज
|
शनिबार, पौष २७, २०८१
|
|
१२८ पटक हेरिएको
Shares
समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई ः अध्यक्ष चौधरी

सारांश

  •     कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ सप्तरीका अध्यक्ष भगवानी प्रसाद चौधरीले ऋणीहरुले समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई हुने गरेको बताएका छन् ।
  •     उनले ऋण लगानीको रकम समयमा फिर्ता नहुँदा बचतकर्ताको रकम चुक्तामा ढिलाई हुने गरेको कारण सहकारी प्रति जनमानसमा एक किसिमको नाकारात्मक धारणा फैलिएको बताए ।
  •     ‘ऋण नदिए सहकारीमा तरलता आउँछ तर, ऋण लगानी गर्दा जोखिम छ’ यो सत्य पनि सबैलाई बुझ्न आग्रह गरे ।

दैनिक समाचारदाता
राजविराज, २७ पुस । 

    प्रभु बचत तथा ऋण सहकारी संस्था राजविराजले शनिवार १३ औं बार्षिक साधाराणसभा सम्पन्न गरेको छ ।
    कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ सप्तरीका अध्यक्ष भगवानी प्रसाद चौधरीले ऋणीहरुले समयमा ऋण चुक्ता नगर्दा बचतकर्तालाई भुक्तानी दिन कठिनाई हुने गरेको बताएका छन् ।
    उनले ऋण लगानीको रकम समयमा फिर्ता नहुँदा बचतकर्ताको रकम चुक्तामा ढिलाई हुने गरेको कारण सहकारी प्रति जनमानसमा एक किसिमको नाकारात्मक धारणा फैलिएको बताए ।
    ‘ऋण नदिए सहकारीमा तरलता आउँछ तर, ऋण लगानी गर्दा जोखिम छ’ यो सत्य पनि सबैलाई बुझ्न आग्रह गरे । आम सर्वसाधारणमा सहकारी प्रति फैलिएको नकारात्म धारणालाई चिर्न सहकारी संस्थाहरु पारदर्शि हुनु आवश्यक रहेको प्रमुख अतिथि चौधरीले बताए ।
    बार्षिक साधारणसभाको सफलताको शुभकामना दिदै केही सहकारीले गडबड गर्दैमाा सबै सहकारी प्रति त्यस्तै हुन्छ भन्ने किसिमकको  धारणा नबनाउन उनले  सबै संग आग्रह गरे । ‘सहकारी एउटा सामाजिक संस्था हो । यो कुनै बैंक वा लघुवित्त संस्था होईन’ उनले भने ।
    संस्थाका अध्यक्ष सर्फराज अंसारीको अध्यक्षातामा आयोजित कार्यक्रमा विशिष्ठ अतिथि राष्ट्रिय सहकारी बैंक लिमिटेड राजविराज शाखाका प्रमुख विरबल राजवंशी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष नवीन कुमार गुप्ता, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण लगायतकाले आम जनमानसमा सहकारी प्रति रहेको नकारात्मक धारणा लाई चिर्न समुदायमा आधारित कामहरु गर्न सुझाव दिदै साधारणसभाको सफलताको शुभकामना दिएका थिए ।
    यसैबीच संस्थाले बार्षिक साधारणसभाको अवसरमा वरिष्ठ संचालक लक्ष्मण यादव, संस्थाका कर्मचारी मनु कुमार चौधरीलाई सम्मान समेत गरेको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
गाउँ–गाउँमा सिंहदरबारको साटो  राजदरबार खडा भयो ः सभामुख यादव
बाढीबाट पुल भत्किँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित
बाढीबाट पुल भत्किँदा राजविराज भन्सारको राजस्व संकलन प्रभावित
इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
बालिका बलात्कार गरेका  यूवकलाई ६ वर्ष कैद
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
झ्यालमा झुण्डिएको अवस्थामा अस्पतालका कर्मचारी फेला
जिप्रका सप्तरीले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने
जिप्रका सप्तरीले सार्वजनिक बिदाका दिन पनि सेवा प्रवाह गर्ने
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते