दैनिक समाचारदाता
राजविराज, २९ पुस ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढाको अवस्था बुझ्न मधेश प्रदेश सरकारका दुई मन्त्री सोमबार सुरक्षा निकायका प्रमुखहरुको टोलीसहित पुगेका छन् । मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, वन तथा पर्यटन मन्त्री सकिल अलिसहितको टोलीले त्यहाका जनप्रतिनिधि र अगुवाहरुलाई भेटेर आवश्यक जानकारी लिएका थिए ।
सो क्रममा गृह, संचार तथा कानुन मन्त्री लेखीले स्थानीयको समस्या समाधान तथा चोरी तस्करी नियन्त्रणका लागि गर्नु पर्ने प्रयास बारे समेत स्थानीयवासी सँग छलफल गरेका थिए । उनले तस्करी नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न स्थानीय सुरक्षा निकायलाई निर्देशन समेत दिए ।
टोलीले उक्त गाउँको अवलोकन गर्दै स्थानीयसँग त्यहाको अवस्था र उनीहरुको समस्या बारे आवश्यक जानकारी लिएका छन् । सो क्रममा अधिकांश स्थानीयले वर्षायाममा कोशी कटानले भोग्नुपरेको पीडा तथा यहाँबाट हुने चोरी तस्करीको बारेमा टोलीलाई आवश्यक जानकारी गराएका थिए ।
सो टोलीमा मधेश प्रदेशका नीति आयोगका सदस्य डा. शिला मिश्रा, नेपाल प्रहरीका प्रदेश प्रमुख डिआइजी लालमणि आचार्य, सशस्त्र प्रहरीका डिआइजी कालीदास धौबाजी, राष्ट्रिय अनुसन्धानका निर्देशक माधव तिमिल्सिना, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरिक्षक ज्ञानमणि पौड्याल, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीसहितको टोली गोबरगाढा पुगेका हुन् ।
भारतीय सीमासँग जोडिएको उक्त गाउँबाट विशेष गरि मदिरा, गाँजा, स्याउ, लहसुन लगायतका सरसामान भारततर्फ चोरी तस्करी हुने गरेको स्थानीयले टोली समक्ष जानकारी गराएका थिए । उक्त गाउँमा एक सय परिवारका करिब तीन सय जनाको बसोवास रहेको छ ।
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
सारांश
- सो क्रममा गृह, संचार तथा कानुन मन्त्री लेखीले स्थानीयको समस्या समाधान तथा चोरी तस्करी नियन्त्रणका लागि गर्नु पर्ने प्रयास बारे समेत स्थानीयवासी सँग छलफल गरेका थिए ।
- उनले तस्करी नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न स्थानीय सुरक्षा निकायलाई निर्देशन समेत दिए ।
- टोलीले उक्त गाउँको अवलोकन गर्दै स्थानीयसँग त्यहाको अवस्था र उनीहरुको समस्या बारे आवश्यक जानकारी लिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया