दैनिक समाचारदाता
राजविराज, २१ माघ ।
वडाअध्यक्ष र कार्यवाहक वडाअध्यक्षले आपैmले गरेको सिफारिस पटक–पटक फेर्दा एक सर्वसाधारण हैरान बनेका छन् ।
सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका ६ बकधुवा टोल निवासी रामकुमार लेखी यसरी हैरान बनेका हुन् ।
वडा नं. ६ का वडाअध्यक्ष र कार्यवाहक वडाअध्यक्षले विभिन्न समयमा दाजु आशाराम चौधरी र भाई रामकुमार लेखीको जग्गा सम्बन्धि विवादबारे यहाँस्थित २ नं.नापी टोली, नापी कार्यालय राजविराजलाई पटक–पटक फरक–फरक सिफारिश पठाउन थालेपछि दाजु–भाई बीचको विवाद चर्किदै गएको छ भने नापी कार्यालय पनि अलमलमा परेको छ ।
सोही विषयलाई लिएर सोमवार रामकुमार लेखीले राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यसबारे खुलासा गरेका हुन ।
उनले परापुर्वकाल देखी उक्त पालिकाको वडा नं.८ मा रहेको सिट नं.२ को कित्ता नं २ को गाउँ ब्लकको करिब ३२ धुर जग्गा आफुले भोगचलन गर्दै आएको र २०७२ सालमा नापी टोली जग्गा नापी गर्न आएका वखत पनि श्रीमती शान्तिदेवी चौधरीको एकल नाममा राख्नु पर्ने भन्दै टिपेर गएको बताए ।
पछी गएर वडा कार्यालयको सिफारिश माग गरिएको र वडा कार्यालयले केही समय कै अन्तरालमा फरक–फरक सिफारिश पत्र नापी कार्यालयलाई पठाउन थालेपछी लालपुर्जा पाउनबाट बञ्चित रहेको र दाजु–भाई बीच विवाद हुन थालेका उनको कथन छ ।
चौधरी दाजु–भाईको २०५७ साल मै सप्तरी जिल्ला अदालतबाट विधिवत अंशवण्डा भइसकेको छ । विवादमा परेको जग्गा भने आफुले भोग चलन गर्दै आएको र आफ्नो श्रीमती शान्तिको नाममा लालपुर्जा बन्नु पर्ने रामकुमारको माग दाबी छ ।
रामकुमारका अनुसार नापी कार्यालयले वडा कार्यालयको सिफारिश माग गरेपछी २०७८ साल पुष १२ गते कार्यवाहक वडाअध्यक्ष सगुन पोखरेलले उक्त जग्गामा शान्ति देवी चौधरीको हक लाग्ने ठहर सहित सिफारिश गरेको थियो । त्यसको ९ दिन पछी २०७८ पुष २१ गते वडाअध्यक्ष कुसुम आर्चायले रामकुमार र उनका दाजु आशाराम दुबैको उक्त जग्गामा अंश लाग्ने भनी अर्काे सिफारिश नापी कार्यालयमा पठायो ।
त्यसको ३ महिनापछि फेरी कार्यवाहक वडाअध्यक्ष बनेका सगुन पोखरेलले २०७८ पुष १२ गते आफ्नो पुरानो निर्णय सच्याउँदै उक्त जग्गामा दाजु–भाई आशाराम र रामकुमार दुबैको अंश लाग्ने अर्काे सिफारिश ग¥यो । उक्त सिफारिश प्रक्रियामा रहेका बेला निर्वाचित भएर नयाँ वडाअध्यक्ष भइ आएका अशोक आर्चायले २०८० मंसिर ५ गते रामकुमार लेखी र उनका श्रीमती शान्ती परापुर्वकाल देखी नै भोग चलन गर्दै आएको भन्दै उक्त जग्गाको लालपुर्जा शान्ति कै नाममा बन्नु पर्ने भनी नापी कार्यालयमा सिफारिश ग¥यो ।
त्यसको एक महिना पनि नबित्दै २०८१ साल पुष १ गते कार्यवाहक वडाअध्यक्ष बनेका तेतर चौधरीले उक्त सिफारिश उल्टाउँदै दाजु आशाराम र भाई रामकुमार लेखी दुबैको अंश लाग्ने भन्दै अर्काे सिफारिश ग¥यो ।
सिफारिशको क्रम यहाँ पनि रोकिएन । एक महिना अघि २०८१ पुष २२ गते वडाअध्यक्ष अशोक आर्चायले आफुले २०८० मंसिर ५ गते रामकुमारको पक्षमा गरेको सिफारिश सच्याउँदै दाजु आशाराम र भाई रामकुमार दुबैको अंश लाग्ने भन्दै दुबैको नाममा लालपुर्जा बनाउन नापी कार्यालयलाई अर्काे सिफारिश पत्र पठाएका छन ।
६ वटै सिफारिश पत्रको प्रतिलिपी लिएर पत्रकार सम्मेलनमा उपस्थित भएका रामकुमारले यसरी साता र महिना पिच्छै फरक फरक सिफारिशले आफुलाई हैरान बनाएको र लालपुर्जा पाउनबाट बञ्चित रहनु परेको गुनासो गरेका छन ।
यता दाजु आशारामले भने पुख्र्याेली सम्पती रहेको भन्दै सो जग्गामा आप्mनो पनि हक लाग्ने दाबी गरेका छन । दिन र महिना पिच्छै एउटै विषयको वडा कार्यालयबाट फरक÷फरक सिफारिश आउनाले समस्या भएको भन्दै वास्तविक यकिन गरी मात्र लालपुर्जा प्रदान गरिने सोचमा पुगेको नापी कार्यालयका एक जिम्मेवार अधिकारीले जनाएका छन ।
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा
सारांश
- सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका ६ बकधुवा टोल निवासी रामकुमार लेखी यसरी हैरान बनेका हुन् ।
- वडा नं.
- ६ का वडाअध्यक्ष र कार्यवाहक वडाअध्यक्षले विभिन्न समयमा दाजु आशाराम चौधरी र भाई रामकुमार लेखीको जग्गा सम्बन्धि विवादबारे यहाँस्थित २ नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया