“रमजान दान अभियान” सुरु

राजविराज राजविराज
|
सोमबार, चैत्र ११, २०८१
|
|
२५ पटक हेरिएको
Shares
“रमजान दान अभियान” सुरु

सारांश

  •     मुस्लिम समाज सेवा नेपालले जिल्लाको खडक नगरपालिका ८ विसनपुरमा एकल महिला, असहाय, असक्त तथा अति विपन्न ३५ मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामाग्रि बितरण गरेको छ ।
  •       अभियानको पहिलो दिन विपन्न वर्गका ३० महिला र ५ पुरुषलाई रमजान मनाउन खाद्यान्न बितरण गरिएको अध्यक्ष अनवर अलीले जानकारी दिए ।
  • प्रतिपरिवारलाई एक महिना पुग्ने गरी चामल, दाल, चना, सोयाबिन, खाने तेल, चिनी, सेवई, च्यूरा, मुरही, नुन लगायतको सामाग्रि बितरण गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत । 

    मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान मनाउन विपन्न समुदायलाई लक्षित गरी सप्तरीमा एक मुस्लिम संस्थाले “रमजान दान अभियान” सुरु गरेको छ । 
    मुस्लिम समाज सेवा नेपालले जिल्लाको खडक नगरपालिका ८ विसनपुरमा एकल महिला, असहाय, असक्त तथा अति विपन्न ३५ मुस्लिम परिवारलाई विभिन्न प्रकारका खाद्यान्न सामाग्रि बितरण गरेको छ । 
    अभियानको पहिलो दिन विपन्न वर्गका ३० महिला र ५ पुरुषलाई रमजान मनाउन खाद्यान्न बितरण गरिएको अध्यक्ष अनवर अलीले जानकारी दिए । प्रतिपरिवारलाई एक महिना पुग्ने गरी चामल, दाल, चना, सोयाबिन, खाने तेल, चिनी, सेवई, च्यूरा, मुरही, नुन लगायतको सामाग्रि बितरण गरिएको छ । 
    करिब एक महिना सम्म चल्ने रमजान पर्व मनाउन मुस्लिम समुदायका विपन्न परिवारलाई कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गर्दै यस्तो अभियान चलाइएको अध्यक्ष अलीले भनाई छ ।  
    विदेशमा रहेका नेपाली दाजुभाईको सहयोग तथा आफ्नो निजि खर्च समेत लगानी गरेर रमजानमा खाद्यान्न दान अभियान चलाइएको र यो अभियान जिल्लाका अन्य विपन्न बस्तीमा पनि क्रमिक रुपमा पुग्ने उनको विश्वास छ ।
    रमजानको समयमा खाद्यान्न अभावका कारण कुनै पनि मुस्लिम परिवारलाई समस्या नहोस् भन्ने उद्देश्यले यो अभियान चलाइएको अध्यक्ष अलीको भनाई छ । 
    सो अवसरमा अभियानका सहयोगि मो. लुकमान, तबरेज आलम, संजय साह, अफरोज आलम लगायतलाई आयोजक संस्थाको तर्फबाट नेपाली टोपी र खादा लगाएर सम्मान गरिएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु 
कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु 
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
ऐतिहासिक शम्भुनाथ मेला सुरु
ऐतिहासिक शम्भुनाथ मेला सुरु
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
चट्याङ्ग लागेर सप्तरीमा एक महिलासहित चारको मृत्यु, दुई घाइते
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
‘बुलेट प्रुफ’ ज्याकेटसहित सीके राउतका सुरक्षा गार्ड सार्वजनिक
‘बुलेट प्रुफ’ ज्याकेटसहित सीके राउतका सुरक्षा गार्ड सार्वजनिक
प्रशासन, प्रहरी प्रमुख लगायत  चिकित्सकले कैदीबन्दीसँग मनाए होली
प्रशासन, प्रहरी प्रमुख लगायत  चिकित्सकले कैदीबन्दीसँग मनाए होली