ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित

राजविराज राजविराज
|
मंगलबार, चैत्र १९, २०८१
|
|
३३ पटक हेरिएको
Shares
ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित

सारांश

  •     नेपाल क्रिकेट फाउन्डेशन बिराटनगरद्वारा संचालित उक्त प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न खेलमा सप्तरीले सिरहालाई ८ विकेटले पराजित गरेको हो ।
  •       उक्त खेलमा साक्षी यादवको उत्कृष्ट ब्याटिङले सप्तरीले लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
  •       सप्तरीले दिएको १ सय ३ रनको लक्ष्य पछयाउने क्रममा सिरहाले १९ ओभर ६ बलमा सबै बिकेट गुमाई ९४ रनमै सिमित भयो ।

दैनिक समाचारदाता
राजविराज, १९ चैत । 

    बिराटनगरमा संचालित चौथो ईक्युवालिटी कप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सप्तरीले दोश्रो जित हात पारेको छ । 
    नेपाल क्रिकेट फाउन्डेशन बिराटनगरद्वारा संचालित उक्त प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न खेलमा सप्तरीले सिरहालाई ८ विकेटले पराजित गरेको हो । 
    उक्त खेलमा साक्षी यादवको उत्कृष्ट ब्याटिङले सप्तरीले लगातार दोस्रो जित निकाल्न सफल भएको छ । 
    सप्तरीले दिएको १ सय ३ रनको लक्ष्य पछयाउने क्रममा सिरहाले १९ ओभर ६ बलमा सबै बिकेट गुमाई ९४ रनमै सिमित भयो । जसमा अनुराधा चौधरीले १९ र प्रतिक खड्काले ११ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेनन् । यता बलिङतर्फ सप्तरीकी अपेक्षा यादबले ४, सुस्मिता यादब र साक्षी यादबले २÷२ बिकेट लिएकी थिइन् ।
    टस जितेर सप्तरीले १९ ओभर ६ बलमा ९ बिकेट गुमाएर १ सय २ रनको योगफल खडा गरेको थियो । जसमा साक्षी यादवले उत्कृष्ट ब्याटिङ गर्दै ५७ रनको पारी खेलेकी थिइन् भने अपेक्षा यादवले ११ रन बनाइन् ।
    बलिङतर्फ सिरहाकी अनुराधा चौधरी ४, सरस्वती चौधरीले ३, मिना महतो, प्रतीक्षा खडका १÷१ बिकेट हात पारेकी थिइन् । उक्त खेलमा सप्तरीका साक्षी यादब प्लेयर अफ दि म्याच घोषित भइन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
दोषिलाई कारवाहीको माग गर्दै प्रहरी चौकीमा धर्ना 
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
“लोकतन्त्रको विकल्प लोकतन्त्र नै”
जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता 
जिल्ला बारको नेतृत्वका लागि डोमन र महेश्वर साहको समूहद्वारा उम्मेदवारी दर्ता 
सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
राष्ट्रियसभाका अध्यक्ष तिम्सिनाद्वारा मदन भण्डारी खेलग्रामको शिलान्यास 
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
अन्तर विद्यालय क्रिकेटमा बोरिया स्कुलका दुई खेलाडीको शतक
हावाहुरीका कारण मृत्यु भएका परिवारजनलाई राहत स्वरुप एक÷एक लाख दिने
हावाहुरीका कारण मृत्यु भएका परिवारजनलाई राहत स्वरुप एक÷एक लाख दिने