पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन

राजविराज राजविराज
|
बुधबार, चैत्र २७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
पत्रकार रजकको हत्याको विरोधमा राजविराजमा मैनवत्ती प्रज्वलन

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा सप्तरीका पत्रकारहरुले राजविराजस्थित गजेन्द्र चौकमा दिवंगत पत्रकार रजकको हत्यामा संलग्न उपर कारवाहीको माग गर्दै विरोध स्वरुप मैनवत्ती प्रज्वलन गरेको हो ।
  •     पत्रकार रजकको हत्या सम्बन्धमा स्वतन्त्र छानवीन गरी प्रेस स्वतन्त्रता हनन्मा संलग्नहरु माथि कारवाहीसहित क्षतिपुर्ती, घाईते पत्रकारको निशुल्क उपचार र क्षति पुगेको संचारमाध्यमलाई यथोचित क्षतिपुर्तीका मागसहित दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन मैनवत्ती प्रज्वलन गरि विरोध जनाएको पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिएका छन् ।
  •       यही मागहरु लिएर पहिलो चरणको आन्दोलन अन्तर्गत विभिन्न कार्यक्रम गरि सरकारलाई ७ दिनको समय सिमा दिइएको तर सरकार पक्षले कार्यान्वय नगर्दा माग पुरा गराउन दवाव स्वरुप महासंघले दोश्रोे चरणको आन्दोलनको शुरुवात गरेको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २७ चैत ।

    काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा बुधवार राजविराजमा मैनवत्ती प्रज्वलन गरिएको छ ।
    नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाईमा सप्तरीका पत्रकारहरुले राजविराजस्थित गजेन्द्र चौकमा दिवंगत पत्रकार रजकको हत्यामा संलग्न उपर कारवाहीको माग गर्दै विरोध स्वरुप मैनवत्ती प्रज्वलन गरेको हो ।
    पत्रकार रजकको हत्या सम्बन्धमा स्वतन्त्र छानवीन गरी प्रेस स्वतन्त्रता हनन्मा संलग्नहरु माथि कारवाहीसहित क्षतिपुर्ती, घाईते पत्रकारको निशुल्क उपचार र क्षति पुगेको संचारमाध्यमलाई यथोचित क्षतिपुर्तीका मागसहित दोश्रो चरणको आन्दोलन अन्तर्गत पहिलो दिन मैनवत्ती प्रज्वलन गरि विरोध जनाएको पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिएका छन् । 
    यही मागहरु लिएर पहिलो चरणको आन्दोलन अन्तर्गत विभिन्न कार्यक्रम गरि सरकारलाई ७ दिनको समय सिमा दिइएको तर सरकार पक्षले कार्यान्वय नगर्दा माग पुरा गराउन दवाव स्वरुप महासंघले दोश्रोे चरणको आन्दोलनको शुरुवात गरेको उनले बताए ।
    राजविराजस्थित नेपाल पत्रकार महासंघको कार्यालयबाट दिवंगत पत्रकार राउतको तस्बीर सहितका प्लेकार्ड वोकेर पत्रकारहरु मैनवती प्रज्वलन कार्यक्रममा सहभागि भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह