५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस

राजविराज राजविराज
|
शनिबार, बैशाख ६, २०८२
|
|
१०३ पटक हेरिएको
Shares
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस

सारांश

  •     नेपाली काँग्रेसको भातृ संगठन समेत रहेको नेवि संघले महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजको प्राङ्गणमा विभिन्न जातजातीका ५६ बोट बिरुवाहरु रोपेर स्थापना दिवस मनाएको नेवि संघ सप्तरीका अध्यक्ष राकेश ठाकुरले जानकारी दिएका छन् ।
  •       उक्त अवसरमा क्याम्पस प्रमुख डा.
  • सुशील चन्द कर्ण, प्रध्यापक उमेश यादव, स्ववियु पुर्व सभापति समीर झा, नेवि संघका केन्द्रीय सदस्य तिर्थ नारायण दास, किसान संघ केन्द्रीय सदस्य गंगा सागर गुप्ता, नेबि संघका पुर्व सचिव एवं राजबिराज नगरपालिका ७ का सदस्य रामानन्द देव, स्ववियु सभापति प्रत्याशि नितिश यादव, स्ववियु सदस्य सन्तोष कुमार मण्डल, कबिन्द्र मेहता, महेश यादव, सालनी ठाकुर, रविन्द्र यादव, जय सुतिहार, उज्वललगायतको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 

    नेपाल विद्यार्थी संघको ५६ औं स्थापना दिवसको अवसरमा शनिबार वृक्षारोपन कार्यक्रम गरिएको छ । 
    नेपाली काँग्रेसको भातृ संगठन समेत रहेको नेवि संघले महेन्द्र बिन्देश्वरी क्याम्पस राजविराजको प्राङ्गणमा विभिन्न जातजातीका ५६ बोट बिरुवाहरु रोपेर स्थापना दिवस मनाएको नेवि संघ सप्तरीका अध्यक्ष राकेश ठाकुरले जानकारी दिएका छन् । 
    उक्त अवसरमा क्याम्पस प्रमुख डा. सुशील चन्द कर्ण, प्रध्यापक उमेश यादव, स्ववियु पुर्व सभापति समीर झा, नेवि संघका केन्द्रीय सदस्य तिर्थ नारायण दास, किसान संघ केन्द्रीय सदस्य गंगा सागर गुप्ता, नेबि संघका पुर्व सचिव एवं राजबिराज नगरपालिका ७ का सदस्य रामानन्द देव, स्ववियु सभापति प्रत्याशि नितिश यादव, स्ववियु सदस्य सन्तोष कुमार मण्डल, कबिन्द्र मेहता, महेश यादव, सालनी ठाकुर, रविन्द्र यादव, जय सुतिहार, उज्वललगायतको उपस्थिति रहेको थियो । 
    यस्तै सोही अवसरमा शनिबारै साझ स्थानीय गजेन्द्र चौकमा दीप प्रज्वलन कार्यक्रम समेत गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?