दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सवारी ज्यान मुद्दामा १५ दिन कैद सजाय पाएर फरार रहेका एक प्रतिवादी एक वर्षपछी पक्राउ परेका छन ।
पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ४० वर्षिय पञ्चदेव मण्डल छन । बिहीबार साँझ पक्राउ गरेका उनलाई अदालतको आदेशानुसार शुक्रबार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार २०८१ बैशाख ७ गते सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई १५ दिन कैद सजाय हुने ठहर गरेको थियो ।
अदालतको आदेश भए लगतै उनी फरार भएका थिए । पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद सजाय भुक्तानका लागी कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सवारी ज्यान मुद्दामा १५ दिन कैद सजाय भएर फरार प्रतिवादी पक्राउ
सारांश
- पक्राउ पर्नेमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ४ का ४० वर्षिय पञ्चदेव मण्डल छन ।
- बिहीबार साँझ पक्राउ गरेका उनलाई अदालतको आदेशानुसार शुक्रबार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र कुमार बस्नेतका अनुसार २०८१ बैशाख ७ गते सवारी ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतले उनलाई १५ दिन कैद सजाय हुने ठहर गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया