सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम

राजविराज राजविराज
|
मंगलबार, जेठ २०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम

सारांश

  •     वडाअध्यक्ष शशी चौधरी, नागरिक अगुवा खेलानन्द दाससहित दर्जनौंको संख्यामा बिहान ९ बजे भेला भएका यूवाहरुले मुख्य बजारको नेता चौकमा सडकको चारैतिर बाँसको ढाट लगाएर आवागमन अवरुद्ध पारेका हुन् ।
  •         चौकदेखी राममन्दिरसम्मको करिब २ सय मिटर सडकलाई अलपत्र पार्नुका साथै ठेकेदारले स्थानीय रुपनी बस स्टेण्ड, माछा हटियासम्म पुग्ने सडक, राजविराज–कंचनपुर सडक लगायतको सडकको अवस्था पनि उस्तै बनाएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।
  •        कान्छाराम कन्स्ट्रक्सनले उक्त सडकहरुको निर्माण कार्यको ठेक्का लिएपनि काममा ढिलाई गरिरहेको तथा सरोकारवाला निकायले कुनै कारवाही नगरेको भन्दै स्थानीय आक्रोसित भएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २० जेठ ।
 
    जिर्ण अवस्थामा रहेको नगर क्षेत्रका विभिन्न सडकको स्तरोन्नतीको माग गर्दै सडकमा उत्रेका जनप्रतिनिधि र यूवाहरुले मंगलबार राजविराजस्थित नेता चौकमा चक्काजाम गरेका छन् । जसकारण बजार क्षेत्रमा साना तथा ठूला सवारीसाधनको आवागमन ठप्प भएको छ ।  
    वडाअध्यक्ष शशी चौधरी, नागरिक अगुवा खेलानन्द दाससहित दर्जनौंको संख्यामा बिहान ९ बजे भेला भएका यूवाहरुले मुख्य बजारको नेता चौकमा सडकको चारैतिर बाँसको ढाट लगाएर आवागमन अवरुद्ध पारेका हुन् ।   
    चौकदेखी राममन्दिरसम्मको करिब २ सय मिटर सडकलाई अलपत्र पार्नुका साथै ठेकेदारले स्थानीय रुपनी बस स्टेण्ड, माछा हटियासम्म पुग्ने सडक, राजविराज–कंचनपुर सडक लगायतको सडकको अवस्था पनि उस्तै बनाएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् ।  
    कान्छाराम कन्स्ट्रक्सनले उक्त सडकहरुको निर्माण कार्यको ठेक्का लिएपनि काममा ढिलाई गरिरहेको तथा सरोकारवाला निकायले कुनै कारवाही नगरेको भन्दै स्थानीय आक्रोसित भएका हुन् । उक्त सडक खण्डको दर्जनौं ठाउँमा खाल्डा खुल्डी हुँदा पटक पटक दुर्घटना समेत हुने गरेको भन्दै उनीहरुले अविलम्ब निर्माण कार्य सुरु गर्न माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धर्तीपुत्र रोईरहेको छ,  उत्पादित धनको मुल्य निर्धारण भएन
तिलाठी र रुपनी बिजयी
तिलाठी र रुपनी बिजयी
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
राजविराज विमानस्थलबाट उडान सेवा ठप्प
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
विद्यालयलाई हेर्ने फरक दृष्टिकोणले शिक्षामा बेथिती बढ्यो ः समाजिक बिकास मन्त्री साह 
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु
राजविराज विमानस्थलबाट बुद्ध एयरको उडान सेवा सुरु