प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप

राजविराज राजविराज
|
सोमबार, जेठ २६, २०८२
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले माधव नेपालप्रति प्रतिशोध साध्न अख्तियारलाई अगाडी सारेको आरोप

सारांश

  •     जिल्ला कमिटि सप्तरीका अध्यक्ष प्रताप नारायण चौधरी र केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज गोबिन्द बहादुर न्यौपानेद्वारा सोमबार जारि विज्ञप्ति मार्फत सो आरोप लगाइएको हो ।
  •       विज्ञप्तिमा नेकपा एसका राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपर प्रतिशोध साध्ने किसिमले वर्तमान सरकार र सरकारको नेतृत्व गरी राखेका प्रधानमन्त्री के.
  • पी.

दैनिक समाचारदाता
राजविराज, २६ जेठ । 

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटि सप्तरीले आफ्ना पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिशोध लिन र नेपाली जनतामा उनको स्वच्छ छविमा दाग लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अगाडी सारेको आरोप लगाएको छ । 
    जिल्ला कमिटि सप्तरीका अध्यक्ष प्रताप नारायण चौधरी र केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज गोबिन्द बहादुर न्यौपानेद्वारा सोमबार जारि विज्ञप्ति मार्फत सो आरोप लगाइएको हो । 
    विज्ञप्तिमा नेकपा एसका राष्ट्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल उपर प्रतिशोध साध्ने किसिमले वर्तमान सरकार र सरकारको नेतृत्व गरी राखेका प्रधानमन्त्री के.पी. शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत शुरु गरेको षडयन्त्रप्रति घोर निन्दा र भत्र्सना समेत गरिएको छ । 
    “पछिल्लो काल खण्डमा नेकपा एमालेका नेतृत्वमा पुग्नु भएका पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री के. पी. (खड्ग प्रसाद) शर्मा ओलीको व्यक्तिगत महत्वाकांक्षी योजना र उनको तानाशाही कदमको विरोधका कारणले नेकपा एमालेबाट अलग भई नेकपा एसको जन्म गराई नेपाल निरन्तर पार्टीलाई बलियो बनाउन क्रियाशील रहेकोमा सोही विषयको प्रतिशोध लिन प्रधानमन्त्रीले अख्तियारलाई अगाडी सारिएको घटनाप्रति घोर निन्दा र भत्र्सना गर्दछ ।” विज्ञप्तिमा उल्लेख छ ।   
    सोही विज्ञप्तिमा सप्तरीवासी र समस्त देशवासीलाई ओली सरकारको कपटपूर्ण र प्रतिशोधी कार्यले भ्रममा नपर्न र अडिग भई वामपंथको अभियानमा अगाडी बढ्न सप्तरी जिल्ला कमिटिद्वारा सबैमा आहृवान गर्ने निर्णय पनि गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह