पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास

राजविराज राजविराज
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास

सारांश

  •     राजबिराज वडा नं.
  • ५ स्थित पविमाबि खेलमैदानमा स्तरोन्नती कार्यको राष्ट्रिय योजना आयोगका पुर्व सदस्य तथा कृषि बैज्ञानिक डा.
  • जयकान्त राउतले शिलान्यास गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ३० जेठ । 

    राजबिराजस्थित पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यका लागि शुक्रबार शिलान्यास गरिएको छ ।
    राजबिराज वडा नं. ५ स्थित पविमाबि खेलमैदानमा स्तरोन्नती कार्यको राष्ट्रिय योजना आयोगका पुर्व सदस्य तथा कृषि बैज्ञानिक डा. जयकान्त राउतले शिलान्यास गरेका हुन् ।
    स्तरोन्नती कार्य अन्तर्गत मैदानको सुरक्षाको लागि गेट, क्रिकेट प्रतियोगिता प्रयोजनको लागि साईड स्किन र पिच कोभर लगायतको कार्य हुने भएको छ ।
    मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको समाजिक बिकास ईकाई कार्यक्रम मार्फत २५ लाखको लागतमा खेलमैदान स्तरोन्नती निर्माण कार्य हुन लागेको सप्तरी क्रिकेट सँघका कोषाध्यक्ष तुलानाथ माझीले जानकारी दिए ।
    उक्त स्तरोन्नती कार्यको लागि स्थानिय उपभोक्ता मार्फत असार मसान्त भित्र कार्य सम्पन्न गर्ने सम्झौता भएको उपभोक्ता समितिका अध्यक्ष बिवेक कुमार चौरसियाँले बताए ।
    उक्त अवसरमा जनमत पार्टी जिल्ला अध्यक्ष रामगमन साह, वडा ५ का अध्यक्ष बन्धुलाल दास, वडा सदस्य आशा तमाङ, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज कुमार सिंह, सचिव चन्दनकुमार यादब, सदस्य धर्मेन्द्र चौधरी, संजय कार्की, गजेन्द्र माझी लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन
बञ्चरो प्रहारबाट गाउँपालिका कर्मचारीको हत्या, बिरोधमा चक्काजाम एवं प्रदर्शन
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
ठगि गर्ने दलाल तथा व्यवसायीलाई  कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
ठगि गर्ने दलाल तथा व्यवसायीलाई  कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
सर्पदंशबाट एकै दिन ६ जना  उपचारका लागी भर्ना 
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
एउटै पालिका तीन फरार प्रतिवादी पक्राउ
एउटै पालिका तीन फरार प्रतिवादी पक्राउ
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा
लोकतान्त्रिक प्रक्रियाबाट आएको सरकार  अलोकतान्त्रिक गतिविधिमा ः जोशी
महासंघलाई मास्क र पिपिई प्रदान
महासंघलाई मास्क र पिपिई प्रदान