राजविराज÷सप्तरीमा करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको रुपनी गाउँपालिका २ पौवा टोलमा एक दम्पती तथा खडक नगरपालिकामा एक जना गरि तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिवार बिहान विद्युतीय सिटिरिक्साको व्यट्रि चार्ज गर्ने क्रममा स्थानीय ४२ वर्षिय बालेश्वर खंग र उनकी ३८ वर्षिया श्रीमती रामकुमारी खंगको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरिक्षक प्रमोद साहका अनुसार करेन्ट लागेर खंग दम्पत्तिका भान्जा बुहारी २४ वर्षिया प्रमिला कुमारी घाइते भएकी छिन ।
प्रहरीका अनुसार शुरुमा व्याट्री चार्ज गर्ने क्रममा बालेश्वरलाई करेन्ट लागेको थियो । उनलाई जोगाउन खोज्दा रामकुमारीलाई पनि करेन्ट लागेको थियो । दुवैलाई करेन्ट लागेको देखेपछि छुटाउन पुगेकी प्रमिलालाई पनि करेन्टको झड्का लागेको थियो ।
व्याट्रीमा लिक भएको करेन्टको झड्काले प्रमिलालाई फालेको र टाउको फुटेर घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।
स्थानीयका अनुसार विपन्न परिवारका बालेश्वर दुई साताअघि मात्र बैंकबाट ऋण लिई किस्ताबन्दीमा तिर्ने गरी विद्युतीय सिटी रिक्सा खरिद गरेका थिए । सिटी रिक्सा चलाएर ऋण र किस्ता तिर्ने अनि बचेको पैसाबाट दुई सन्तानको शिक्षा दिक्षा र परिवारको गुजारा चलाउने उनले योजना बनाएका थिए ।
मृतक दुवैको शव पोष्टमार्टका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै शनिबारै बिहान सप्तरीको खडक नगरपालिकामा करेन्ट लागेर थप एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार सो नगरपालिका वडा नं. ११ का ५८ वर्षीय मो. युनिस मियाँको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै खेतमा पानी पटाउने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएका उनलाई उपचारका लागि स्थानीय छिन्नमस्ता अस्पताल पु¥याउदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर खंग दम्पत्तिसहित एकै दिन तीन जनाको मृत्यु
सारांश
- प्रहरी निरिक्षक प्रमोद साहका अनुसार करेन्ट लागेर खंग दम्पत्तिका भान्जा बुहारी २४ वर्षिया प्रमिला कुमारी घाइते भएकी छिन ।
- प्रहरीका अनुसार शुरुमा व्याट्री चार्ज गर्ने क्रममा बालेश्वरलाई करेन्ट लागेको थियो ।
- उनलाई जोगाउन खोज्दा रामकुमारीलाई पनि करेन्ट लागेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया