दैनिक समाचारदाता
राजविराज, १७ साउन ।
जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवं संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टीले १० लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको दाबी गरेका छन् ।
पार्टीको जिल्ला विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमलाई शनिबार राजविराजमा उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन् । उनले भने, “यसका लागि जनताले एउटा मात्रै सिट जिताउँदैमा उक्त संकल्प पूरा गर्न नसक्ने भएका हुँदा आगामी दिनमा यसप्रति सम्बन्धित सबै गम्भिर हुनुपर्छ ।”
सप्तरीका १८ वटै पालिकाहरूबाट समन्वय समितिमा रहेका नेता कार्यकर्तालाई प्रशिक्षण दिदै उपाध्यक्ष राउतले जनता समक्ष गरिएको संकल्प पूरा गर्न दृढ भएर संगठन विस्तारमा लाग्नुपर्ने बताए ।
भारतीय राजनीति पार्टी–बीजेपीको उदाहरण दिदै उपाध्यक्ष डा. राउतले जनमतका स्वराजीहरूलाई आफ्नो विधान–संस्कारबाट कहिले पनि पछाडी नहुन निर्देशन पनि दिए । सोही अन्तर्गत हरेक स्वराजीलाई सामाजिक, भौतिक र आर्थिकरूपमा सबल हुनु पनि जरूरी रहेको उपाध्यक्ष डा. राउतको भनाइ थियो ।
पार्टीका जिल्ला इन्चार्ज रामगमन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य शम्भुनाथ नगरपालिकाकी संगिता साह तथा कार्यक्रम संचालन हनुमाननगर कंकालिनी नगरपालिकाका राजकुमार गाईमले गरेका थिए ।
दश लाख रोजगारी सुनिश्चितताको विषय हावा नभएको डा. राउतको दाबी
सारांश
- पार्टीको जिल्ला विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रमलाई शनिबार राजविराजमा उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन् ।
- उनले भने, “यसका लागि जनताले एउटा मात्रै सिट जिताउँदैमा उक्त संकल्प पूरा गर्न नसक्ने भएका हुँदा आगामी दिनमा यसप्रति सम्बन्धित सबै गम्भिर हुनुपर्छ ।
- ” सप्तरीका १८ वटै पालिकाहरूबाट समन्वय समितिमा रहेका नेता कार्यकर्तालाई प्रशिक्षण दिदै उपाध्यक्ष राउतले जनता समक्ष गरिएको संकल्प पूरा गर्न दृढ भएर संगठन विस्तारमा लाग्नुपर्ने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया