संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव

राजविराज राजविराज
|
मंगलबार, श्रावण २०, २०८२
|
|
१९ पटक हेरिएको
Shares
संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव

सारांश

  •     दशकौंदेखी ब्लक, बिटौरी जग्गाको लालपूर्जा पाउनबाट बञ्चित राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले नगरको विभिन्न समस्या समाधानको माग गर्दै चौथो चरणको आन्दोलन पूर्व उक्त सुझाव लिएको हो ।
  •           अब हुने आन्दोलन बजार बन्द, यातायात बन्द, मसाल र सिटी जुलुस, धर्ना, रिले अनसन, कालो पट्टी बाधेर बिरोध प्रदर्शन र राजविराज नगरपालिका कार्यालय, नापी कार्यालय तथा मालपोत कार्यालयमा तालाबन्दी गर्ने निश्कर्षसहित बृहत भेलाका सहभागिहरुले ती आन्दोलनका कार्यक्रमहरु निरन्तर र शान्तिपूर्वक रुपमा गर्नु पर्ने सुझाव समेत दिएका छन् ।
  •       स्थानीय उद्योग बाणिज्य संघको सभाकक्षमा व्यापक सहभागितामा आयोजित भेलाका सहभागिता वक्ताहरुले यसअघि तीन चरणमा भएको आन्दोलनबाट स्थानीय प्रशासन र राजविराज नगरपालिकाको पहलमा एउटा वार्ता समिति गठन गर्नु बाहेक अन्य कुनै उपलब्धी प्राप्त नभएको भन्दै आन्दोलन चर्काउनुको विकल्प नरहेको सुझाव दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २० साउन । 

    राजविराज नगरवासी पीडित संघर्ष समितिले चौथो चरणको आन्दोलन घोषणा पूर्व मंगलबार बृहत भेलामार्फत आन्दोलनको भावी कार्यक्रम बारे आवश्यक सुझाव संकलन गरेको छ । 
    दशकौंदेखी ब्लक, बिटौरी जग्गाको लालपूर्जा पाउनबाट बञ्चित राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले नगरको विभिन्न समस्या समाधानको माग गर्दै चौथो चरणको आन्दोलन पूर्व उक्त सुझाव लिएको हो ।      
    अब हुने आन्दोलन बजार बन्द, यातायात बन्द, मसाल र सिटी जुलुस, धर्ना, रिले अनसन, कालो पट्टी बाधेर बिरोध प्रदर्शन र राजविराज नगरपालिका कार्यालय, नापी कार्यालय तथा मालपोत कार्यालयमा तालाबन्दी गर्ने निश्कर्षसहित बृहत भेलाका सहभागिहरुले ती आन्दोलनका कार्यक्रमहरु निरन्तर र शान्तिपूर्वक रुपमा गर्नु पर्ने सुझाव समेत दिएका छन् ।  
    स्थानीय उद्योग बाणिज्य संघको सभाकक्षमा व्यापक सहभागितामा आयोजित भेलाका सहभागिता वक्ताहरुले यसअघि तीन चरणमा भएको आन्दोलनबाट स्थानीय प्रशासन र राजविराज नगरपालिकाको पहलमा एउटा वार्ता समिति गठन गर्नु बाहेक अन्य कुनै उपलब्धी प्राप्त नभएको भन्दै आन्दोलन चर्काउनुको विकल्प नरहेको सुझाव दिएका छन् । 
    संघर्ष समितिका संयोजक इरसाद अन्सारीको अध्यक्षतामा आयोजित भेलामा प्रदेश सांसद मनिष सुमन, संविधानसभा सदस्य रन्जित कर्ण, जिल्ला समनवय समिति सप्तरीका प्रमुख शिवनारायण साह, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, महासचिव अमृत संचेती, माउन्ट सगरमाथा यातायात प्रालीका उपाध्यक्ष दिनेश प्रसाद गुप्ता, निवर्तमान अध्यक्ष नुरुलहोदा अन्सारी, आन्दोलन परिचालन उपसमितिका संयोजक दिपेन्द्र चौधरी, जसपा सप्तरीका अध्यक्ष सत्यनारायण यादव, नेपाली काँग्रेसका प्रभात कुमार ललन, इनरदेव देव, अनिल देव लगायतले बोल्दै संघर्ष समितिले उठाएका जायज माग सम्बोधनमा सम्बन्धीत निकायले ढिलाई गरिरहेकोमा आक्रोस व्यक्त गर्दै आन्दोलन चर्काउने पर्नेमा जोड दिएका थिए । 
    यता संघर्ष समितिका संयोजक अन्सारीले प्राप्त सुझावहरुको आधारमा चौथो चरणको आन्दोलन कार्यक्रम दुईभित्र तय गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने जानकारी दिए । 
    यसअघि आन्दोलनका क्रममा गत फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै भेलाले फेरी आन्दोलनमा जाने निर्णय गरेको राजविराज नगरवासी पीडित संघर्ष समितिका संयोजक अन्सारीले जानकारी दिए । 
    बि.स. २०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको काल देखी नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट बन्चित रहेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
सशस्त्र प्रहरीद्वारा समाचार संकलनमा अवरोध
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
विपन्न १ सय ६८ परिवारलाई खाद्यान्नसहित शैक्षिक तथा सरसफाई सामाग्री बितरण 
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै 
राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा
राष्ट्रियसभामा सांसद कर्णले उठाए  “राजविराजको लालपूर्जा” मुद्दा
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
कृषिलाई प्राथमिकतामा राखे मात्र प्रदेशको विकास हुने ः मन्त्री साह 
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै
नयाँ नेतृत्वका लागि कानुन व्यवसायीहरुको निर्वाचन हुँदै