दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको बताएका छन् ।
सप्तरीको दक्षिणी विकट क्षेत्र बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिकालाई जोड्ने बैरयाही–कोदरकट्टी पुलको शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
“विकासको सूचकमा मधेश अझै पछि परिरहेको छ” उनले भने “संघीय सरकारबाट बजेटमा हुने कन्जुस्याइँ र संविधानअनुसार कानुन निर्माणमा भइरहेको ढिलाइका कारण प्रदेश सरकारले चुनौती व्यहोर्नु परेको छ ।”
संघीयता अघिसम्म मधेशका दुर्गम बस्तीतर्फको सडक अवस्था अत्यन्तै कमजोर रहेको स्मरण गर्दै मुख्यमन्त्री सिंहले संघीयता लागू भएको सात वर्षमा मधेशमा उल्लेख्य विकास निर्माण भएको दाबी गरे ।
सो अवसरमा मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले पनि पछाडि परेको मधेशमा सडकसहितका पूर्वाधार विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए ।
पुर्वाधार विकास कार्यालय सप्तरीको आयोजना र करिब ११ करोड रुपैयाँ लागतमा बिहुल नदीमा बनेको उक्त पुल सञ्चालनमा आएपछि सर्वसाधारणदेखि सबै प्रकारका सवारीसाधनको आवागमन सहज हुने भएको छ । यद्यपि, पुल बने पनि सडक कालोपत्रे नहुँदा असुविधा भइरहेको स्थानीयवासीहरूले मुख्यमन्त्री सिंहलाई अवगत गराएका थिए ।
यस्तै मुख्यमन्त्री सिंहसहितको टोलीले प्रदेश सरकारकै बजेटमा सम्पन्न शक्तिपीठ छिन्नमस्ता मन्दिर क्षेत्रको सौन्दर्यकरण कार्यको स्थलगत अवलोकन पनि गरेको थियो ।
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
सारांश
- सप्तरीको दक्षिणी विकट क्षेत्र बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिकालाई जोड्ने बैरयाही–कोदरकट्टी पुलको शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
- “विकासको सूचकमा मधेश अझै पछि परिरहेको छ” उनले भने “संघीय सरकारबाट बजेटमा हुने कन्जुस्याइँ र संविधानअनुसार कानुन निर्माणमा भइरहेको ढिलाइका कारण प्रदेश सरकारले चुनौती व्यहोर्नु परेको छ ।
- ” संघीयता अघिसम्म मधेशका दुर्गम बस्तीतर्फको सडक अवस्था अत्यन्तै कमजोर रहेको स्मरण गर्दै मुख्यमन्त्री सिंहले संघीयता लागू भएको सात वर्षमा मधेशमा उल्लेख्य विकास निर्माण भएको दाबी गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया