दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
सप्तरीको खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुलाई स्पष्टिकरण सोधेका छन् ।
नगरप्रमुख चौधरीले मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रयोगशालाबाट प्राप्त ल्याब उपकरण प्रयोगबाट हुने राजस्व अनलाइन बिलिङ मार्फत नगरको राजस्व खातामा जम्मा हुँदै आएकोमा साउन १ गतेदेखि अफलाईन बिलिङ भएको बारेमा स्पष्टिकरण सोधेका हुन् ।
बिहीबार सोधिएको स्पष्टिकरणमा अफलाईन बिलिङबाट सो राजस्व कहाँ, कुन खातामा र कति रकम जम्मा भएको हो ? भन्ने स्पष्ट पार्न भनिएको छ ।
यस्तो भएको जानकारी पाएपछि पनि कार्यवाही कीन अघि बढाइएन वा मिलेमतोमा सरकारी राजस्व हिनामिना भएको हो भन्ने प्रश्न समेत स्पष्टिकरण पत्रमा गरिएको छ ।
यता नगर प्रमुखको यो स्पष्टिकरण मागसहितको पत्र खडक नगरपालिकाको आधिकारिक फेसबुक पेजमा सार्वजनिक भएपछि प्रमुख प्रशासकीय अधिकृत सोनुले पनि प्रतिक्रिया दिएका छन् ।
उनले नगरप्रमुखको पत्रबारे ध्यानाकर्षण भएको बताउँदै, ल्याब उपकरण प्रयोग तथा राजस्व सम्बन्धी निर्णय नगर प्रमुखकै संरक्षकत्वमा रहेको संचालक तथा व्यवस्थापन समितिले गरेको बताए ।
उक्त समितिको अध्यक्ष वडा नं ७ का वडा अध्यक्ष राकेश कुमार साह, सदस्य सचिव प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख सजन लाल साह रहेको र अनलाईन बिलिङ विपरीत अफलाईन बिलिङ गर्ने निर्णय समितिबाट भएको उनको दाबी छ ।
प्रमुख सोनुले समितिको संरक्षक नगरप्रमुख स्वयम् भए पनि समस्याको समाधानका लागि आफूलाई कुनै निर्देशन वा जानकारी नगरिएको आरोप लगाए ।
स्पष्टिकरण मार्फत प्राप्त जानकारीका आधारमा संलग्न सबै पक्षमाथि कानुनअनुसार आवश्यक कारबाही अघि बढाउने प्रमुख प्रशासकीय अधिकृत सोनुले बताए ।
खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
सारांश
- नगरप्रमुख चौधरीले मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रयोगशालाबाट प्राप्त ल्याब उपकरण प्रयोगबाट हुने राजस्व अनलाइन बिलिङ मार्फत नगरको राजस्व खातामा जम्मा हुँदै आएकोमा साउन १ गतेदेखि अफलाईन बिलिङ भएको बारेमा स्पष्टिकरण सोधेका हुन् ।
- बिहीबार सोधिएको स्पष्टिकरणमा अफलाईन बिलिङबाट सो राजस्व कहाँ, कुन खातामा र कति रकम जम्मा भएको हो ?
- भन्ने स्पष्ट पार्न भनिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया