बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच  घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी

राजविराज राजविराज
|
सोमबार, भाद्र १६, २०८२
|
|
६१ पटक हेरिएको
Shares
बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच  घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी

सारांश

  •     राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणको आयोजना, युएन वुमनको सहयोग तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयको समन्वयमा “बिपद जोखिम न्युनिकरणमा लैंगिक समानता तथा सामाजिक समावेशिकरण रणनीतिक कार्ययोजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
  •       सरकार प्रवक्ता समेत रहेका मन्त्री लेखीले विपद् व्यवस्थापनलाई केवल औपचारिकता नभई जीवन र सम्पत्तिसँग प्रत्यक्ष सरोकार राख्ने विषयका रूपमा बुझ्नुपर्नेमा जोड दिए ।
  •       “बिपदका घटना बिश्वब्यापी रुपमा बर्सेनि हुने गर्दा यस्ता घटनाले मानवियसहित भौतिक क्षतीहरु पनि हुने गरेका छन, बिपदबाट हुने जोखिमलाई न्युनिकरण गर्न हामी सरोकारवालाहरु, नागरिकहरुमा गम्भिरतापूर्वक जिम्मेवारी बोध हुनुपर्छ ।

दैनिक समाचारदाता
जनकपुर, १६ भदौ ।

    मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले गम्भिरता पूर्वक जिम्मेवारी बोध नभएसम्म बिपद न्युनिकरण हुन नसक्ने बताएका छन् । मन्त्री लेखीले विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच घनिष्ट सहकार्य आवश्यक रहेको समेत बताए । 
    राष्ट्रिय बिपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन प्राधिकरणको आयोजना, युएन वुमनको सहयोग तथा गृह, सञ्चार तथा कानुन मन्त्रालयको समन्वयमा “बिपद जोखिम न्युनिकरणमा लैंगिक समानता तथा सामाजिक समावेशिकरण रणनीतिक कार्ययोजना” सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 
    सरकार प्रवक्ता समेत रहेका मन्त्री लेखीले विपद् व्यवस्थापनलाई केवल औपचारिकता नभई जीवन र सम्पत्तिसँग प्रत्यक्ष सरोकार राख्ने विषयका रूपमा बुझ्नुपर्नेमा जोड दिए । 
    “बिपदका घटना बिश्वब्यापी रुपमा बर्सेनि हुने गर्दा यस्ता घटनाले मानवियसहित भौतिक क्षतीहरु पनि हुने गरेका छन, बिपदबाट हुने जोखिमलाई न्युनिकरण गर्न हामी सरोकारवालाहरु, नागरिकहरुमा गम्भिरतापूर्वक जिम्मेवारी बोध हुनुपर्छ ।” गृहमन्त्री लेखीले अन्तरक्रियालाई सम्बोधन गर्दै भने, “हामी गम्भीर रुपमा जोखिम न्युनिकरणको लागि अगाडि नबढ्ने हो भने जोखिम न्युनिकरण गर्न सकिदैन ।”
    उनले आपत्कालीन अवस्थालाई रोकथाम, तयारी, प्रतिकार्य र पुनःस्थापनासम्म सम्पूर्ण चरणमा तीनै तहका सरकार र सरोकारवाला निकायले एकसाथ हातेमालो गर्नुपर्नेमा जोड जिकिर गरे । साथै नागरिक समाज, युवा, महिला समूह र समुदाय स्वयं पनि सचेत र सक्रिय भएर विपद् न्यूनीकरणका काममा जुट्नुपर्ने सुझाव दिए ।
    कार्यक्रममा सरोकारवालाबीच कानुनी संरचना, सामाजिक समावेशिता, लैंगिक समानता, राजनीतिक अधिकार, दिगो विकास र सुरक्षित समाज निर्माणका विषयमा छलफल भएको थियो । 
    कार्यक्रमले प्रदेशका विभिन्न तहका नीति निर्माता, सुरक्षा निकाय, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाबीच साझा समझदारी र कार्ययोजना बनाउन सकारात्मक भूमिका खेलेको सहभागीहरूको भनाइ थियोे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
परियारको नेतृत्व फुटबल संघ
परियारको नेतृत्व फुटबल संघ
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग
अनुगमन टोली आएपछी सुनचाँदी पसल  एकाएक बन्द गरि पसलेहरु भागाभाग
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते
टिपरको ठक्करबाट विद्युत कर्मचारीको मृत्यु, पाँच जना घाईते
बाल दिवसमा सडक नाटक तथा हाजिरी जवाफ
बाल दिवसमा सडक नाटक तथा हाजिरी जवाफ
एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ