भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी

राजविराज राजविराज
|
मंगलबार, भाद्र १७, २०८२
|
|
७४ पटक हेरिएको
Shares
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी

सारांश

  •     मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो आरोप लगाएका हुन् ।
  • उनले अव्यवस्थित बसोवासी र सुकुम्वासीलाई ध्यानमा राखी ल्याउन लागिएको भनिएको भूमि विधेयकले समस्या समाधान नगर्ने भन्दै विधेयक पास भएमा तराई मधेशमा मरभूमीको खतरा बढ्ने समेत बताए ।
  •       बुधबार राजविराजमा आयोजन हुन लागेको संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार राजविराज आइपुगेका उनले पत्रकार सम्मेलनमा सरकारले ल्याएको भूमी विधेयक पास भए भू–माफियाहरुलाई नै फाइदा हुने दाबी पनि गरे ।

दैनिक समाचारदाता
राजविराज, १७ भदौ । 

    जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष ह्देयश त्रिपाठीले सरकारले भु–माफियालाई लाभ पु¥याउन गरि भूमी विधेयक ल्याउने तयारी गरेको आरोप लगाएका छन् । 
    मंगलबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो आरोप लगाएका हुन् । उनले अव्यवस्थित बसोवासी र सुकुम्वासीलाई ध्यानमा राखी ल्याउन लागिएको भनिएको भूमि विधेयकले समस्या समाधान नगर्ने भन्दै विधेयक पास भएमा तराई मधेशमा मरभूमीको खतरा बढ्ने समेत बताए । 
    बुधबार राजविराजमा आयोजन हुन लागेको संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्न मंगलबार राजविराज आइपुगेका उनले पत्रकार सम्मेलनमा सरकारले ल्याएको भूमी विधेयक पास भए भू–माफियाहरुलाई नै फाइदा हुने दाबी पनि गरे । 
    विधेयक पास भएमा चुरे माथीको अतिक्रमण अझ बढ्ने र चुरे विनासले भूमिगत जलस्तरको पुर्नभरण प्रभावित हुदा मधेशका जिल्लाहरुमा जल संकट बढेर जाने उनले बताए । 
    सरकारले दाबी गरे अनुसार विधेयकले भूमि सम्बन्धी समस्या समाधान नगर्ने दाबीका साथ उनले भूमि समस्या समाधानका नाममा हुने चलखेल आफूहरुलाई स्वीकार्य नरहेको स्पष्ट पारे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?