डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति

राजविराज राजविराज
|
बिहिबार, आश्विन २, २०८२
|
|
५१ पटक हेरिएको
Shares
डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति

सारांश

  •     भदौ २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा कार्यालयको भवनसहित त्यहाँ रहेका महत्वपूर्ण कागजात तथा जिन्सी सामान मध्ये केहीमा आगजनी तथा लुटपाट गरिएको थियो ।
  •       आगजनी, तोडफोडपछी लुटपाटबाट १ करोड ७१ लाख ८१ हजार ९ सय ४० रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिएका छन् ।
  •     उनले आगजनीबाट ७० लाख रुपैयाँ बराबरको भवन पूर्ण रुपमा जिर्ण बनेकोले अहिले त्यस कार्यालयबाट सेवा प्रवाहा गर्ने अवस्था समेत नरहेको उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, २ असोज । 

    जेनजी आन्दोलनका क्रममा डिभिजन वन कार्यालय सप्तरीमा करोडौं मुल्य बराबरको क्षति भएको छ ।
    भदौ २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा कार्यालयको भवनसहित त्यहाँ रहेका महत्वपूर्ण कागजात तथा जिन्सी सामान मध्ये केहीमा आगजनी तथा लुटपाट गरिएको थियो । 
    आगजनी, तोडफोडपछी लुटपाटबाट १ करोड ७१ लाख ८१ हजार ९ सय ४० रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिएका छन् ।
    उनले आगजनीबाट ७० लाख रुपैयाँ बराबरको भवन पूर्ण रुपमा जिर्ण बनेकोले अहिले त्यस कार्यालयबाट सेवा प्रवाहा गर्ने अवस्था समेत नरहेको उल्लेख गरे । 
    आन्दोलनका क्रममा कम्प्युटर, ल्यापटप, अग्नि नियन्त्रणका उपकरण एयर ब्लोवर, जिपिएस सेट, प्रोजेक्टर, सीसी क्यामेरा, एसी, सोफा, दराज, टेबल–कुर्सीलगायतका सामग्री नष्ट हुनुका साथै लुटेर पनि लगिएको कार्यालयमा जडित सीसी क्यामराको फुटेजबाट प्रष्ट देखिएको उनको दाबी छ । 
    कार्यालय पुर्ण रुपमा जिर्ण भइसकेकाले तत्काल कामकाज सञ्चालनमा समस्या भएको हुँदा हाल राजविराज ८ स्थित पहिलाको भूसंरक्षण कार्यालयबाट सेवा प्रवाह गर्ने गरी तयारी भइरहेको प्रमुख दासले बताए । 
    लुटेर लगिएका सामानहरु फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेपछि तीन वटा आगो निभाउने जेट सुटर र एक थान जिपिएस प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको रोहबरमा फिर्ता आएको र अझै चोरी भएका सामग्री भने फिर्ता हुन नसकेको दासले जिकिर गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलमिलाप सम्बन्धि तालिम शुरु 
मेलमिलाप सम्बन्धि तालिम शुरु 
सप्तकोशीमा हामफालेर एक यूवा वेपत्ता
सप्तकोशीमा हामफालेर एक यूवा वेपत्ता
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
एकै रात पाँच जनाको घरमा लाखौंको चोरी
एकै रात पाँच जनाको घरमा लाखौंको चोरी
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने  मागसहित स्थानीय तहका कर्मचारी धर्नामा
प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै हुनुपर्ने  मागसहित स्थानीय तहका कर्मचारी धर्नामा
पत्रकारिता क्षेत्रको समस्या समाधानका  लागि आफू गम्भिरः कावा प्रमुख
पत्रकारिता क्षेत्रको समस्या समाधानका  लागि आफू गम्भिरः कावा प्रमुख
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो
स्कारपियो र बोलेरो ठोक्किदा दुईको मृत्यु, १२ जना घाईते, भारतीय नम्बर कारको ठक्करबाट एकको ज्यान गयो

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह