१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 

राजविराज राजविराज
|
सोमबार, मंसिर १, २०८२
|
|
२६ पटक हेरिएको
Shares
१२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित 

सारांश

  •     घरबाट निस्केको १२ औं दिन सम्म पनि नफर्कीपछि राजविराज नगरपालिका वडा नं.
  • ११ फर्सेठ घर भएकी उनका परिवारजन चिन्तामा डुबेका छन् ।
  •       प्रतिक्षाका बुबा भुपेन्द्र प्रसाद देवले खोजतलास गर्दा पनि कुनै खबर नपाएपछी दुई दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ मंसिर ।

    राजविराज वडा नं. २ स्थित लिटील फ्लावर सेकेन्ड्री स्कुलमा कक्षा ८ मा अध्यनरत १२ वर्षिया प्रतिक्षा देव गत असोज २४ गते विहान ५ बजे देखी सम्र्पक विहीन छन । 
    घरबाट निस्केको १२ औं दिन सम्म पनि नफर्कीपछि राजविराज नगरपालिका वडा नं. ११ फर्सेठ घर भएकी उनका परिवारजन चिन्तामा डुबेका छन् । 
    प्रतिक्षाका बुबा भुपेन्द्र प्रसाद देवले खोजतलास गर्दा पनि कुनै खबर नपाएपछी दुई दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएका छन् । 
    आफुहरु तथा प्रहरीले खोजतलास गरिरहेकै वेला सोमवार राजविराज नगरपालिका वडा नं. ६ थानगाछी टोलमा डेरा लिई वस्ने २२ वर्षिय अमित यादवले अज्ञात स्थलबाट छोरीसंगैको फोटो फेसबुकमा सार्वजनिक गरेपछी आफु चकित परेको उनले सुनाए । 
    उनले जिल्ला प्रहरी कार्यालयमा दिएको अर्काे उजुरीमा यादवले प्रलोभन र प्रेम जालमा फसाएर नाबालिग छोरीलाई भगाएको उल्लेख गरेका छन । 
    बुवा भुपेन्द्रले उमेर नपुगेकी नाबालिकलाई प्रेमजालमा फसाउँने अनि भगाएर लाने प्रवृति रोक्न पनि भगाउने केटामाथी कारवाही हुनुपर्ने माग गरेका छन् ।
    उक्त प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी निरिक्षक प्रमोद कुमार साहले प्रतिक्षा र अमितको हुलिया सहितको सम्पुर्ण विवरण अन्य प्रहरी कार्यालयहरुमा समेत पठाई व्यापक रुपमा खोजी कार्य भइरहेको बताए । 
    यस क्रममा नावालिक भगाउने अमितका आमासँग पनि सोधपुछ गरी आवश्यक जानकारी लिने काम भएको उनको कथन छ । १२ वर्षको कलिलो उमेरमा कुनै किशोरी यसरी फेसबुक मार्फत प्रेम सम्बन्धमा जोडिएको र भागेको घटना सम्भवत जिल्लाकै पहिला घटना हो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै
महिलाहरु आयश्रोतको लागि तरकारी खेतीमा रमाउँदै
एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
एमाले सप्तरीद्वारा शक्ति प्रदर्शन
आगोमा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट
आगोमा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  
वाँसको सुरक्षित आवास कार्यक्रम  समुदायमा लोकप्रिय हुँदै  
एक दर्जन नेपाली भारतमा सम्मानित
एक दर्जन नेपाली भारतमा सम्मानित
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
बालअधिकार, प्रवद्र्धन सम्बन्धी ऐनको कार्यान्वयनमा  स्थानिय तहको भुमिका बारे जिल्लास्तरिय गोष्ठी सम्पन्न 
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो