एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 

राजविराज राजविराज
|
बुधबार, मंसिर २४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु 

सारांश

  •     सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, युवा उद्योगपति तुलाकान्त मण्डल, युवा अभियन्ता अमरेन्द्र यादव लगायतको सहभागितामा एग्रो एक्सपो २०८२ आयोजनाका लागि तयारी गर्न छलफल सुरु गरिएको हो ।
  •     एग्रो एक्सपो २०८२ आयोजनाका लागि मंगलबार भएको छलफलमा अध्यक्ष अग्रवालले एग्रो एक्स्पो सफल बनाउन उद्योग बाणिज्य संघको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।
  •     उनले यस्तो आयोजनाले जिल्लाको कृषि र उत्पादन क्षेत्रमा वृद्धि हुनुका साथै किसानहरुमा नयाँ उत्साह जगाउने विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।  

    सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु गरिएको छ ।
    सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, युवा उद्योगपति तुलाकान्त मण्डल, युवा अभियन्ता अमरेन्द्र यादव लगायतको सहभागितामा एग्रो एक्सपो २०८२ आयोजनाका लागि तयारी गर्न छलफल सुरु गरिएको हो ।
    एग्रो एक्सपो २०८२ आयोजनाका लागि मंगलबार भएको छलफलमा अध्यक्ष अग्रवालले एग्रो एक्स्पो सफल बनाउन उद्योग बाणिज्य संघको पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।
    उनले यस्तो आयोजनाले जिल्लाको कृषि र उत्पादन क्षेत्रमा वृद्धि हुनुका साथै किसानहरुमा नयाँ उत्साह जगाउने विश्वास व्यक्त गरे ।
    उद्योग बाणिज्य संघका महासचिव अमृत संचेतीले सप्तरी जिल्ला कृषि र उत्पादनमा निकै पछाडी रहेको र यस्ता  कृषि मुखी ब्यपारिक एक्स्पोले यहाँका किसानहरु लाई थप प्रोत्साहित गर्ने बताए ।
    मधेश प्रदेशमै पहिलो पटक आयोजना हुन लागेको एग्रो एक्सपोमा कृषि तथा व्यवसायिक क्षेत्रमा नयाँ अवसर पहिचान गर्न इच्छुक किसान, उद्यमी, व्यवसायी तथा युवाहरूलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छलफलमा सहभागी युवा अभियन्ता अमरेन्द्र यादवले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
चरित्र हत्या गर्ने समाचार प्रकाशन गरेको भन्दै सार्वजनिक रुपमा नेता यादवद्वारा आपत्ति
लागूऔषध नियन्त्रणका लागि कडा निगरानी ः प्रहरी उपरीक्षक प्रसाई
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
सहकारी दिवसमा प्रभातफेरी तथा अन्तरक्रिया
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइदै 
दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
एक महिलासहित पाँच जना लागुऔषध  सेवनकर्ता र कारोवारी पक्राउ
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण 
वैदेशिक रोजगार सम्बन्धी न्यायिक समितिलाई अभिमुखिकरण